बागमतीमा १४ मन्त्री नियुक्त, एकलाई छैन मन्त्रालय, पाँच जिल्ला मन्त्रीबिहीन
- गाउँ सहर संवाददाता
- १२ श्रावण शनिबार, २०८१ | २०:३३:०० मा प्रकाशित

मकवानपुर । बागमती प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री बहादुर सिं लामाले शनिबार सरकारलाई पूर्णता दिएका हुन् ।
साउन ८ मा मुख्यमन्त्री नियुक्त भएका लामाले साउन ९ मा ९ जना र साउन १२ मा ४ मन्त्रीलाई सरकारमा सहभागी गराएका छन् । मुख्यमन्त्री कार्यालयसहित १३ मन्त्रालय रहेको बागमतीमा १४ जनालाई मन्त्री नियुक्त गरिएको छ ।
एक विना विभागीयसहित सरकारमा कांग्रेसका ८ र एमालेका ६ मन्त्री सहभागी भएका छन् । कांग्रेसभित्रको भागबन्डा नमिल्दा मन्त्रिमण्डलको सङ्ख्या बढाएर मुख्यमन्त्री लामाले सरकारलाई पूर्णता दिएका हुन् । ९ गते नै सरकारलाई पूर्णता दिने तयारी गरिए पनि कांग्रेस भित्रको आन्तरिक किचलोका कारण पटक पटक मन्त्रीको शपथ ग्रहण रोकिन पुगेको थियो ।
कांग्रेसबाट मन्त्री बनेका कुन्दन राज काफ्लेलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, हरि प्रभा खड्गीले सामाजिक विकास मन्त्रालय, सुरज चन्द्र लामिछानेले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, श्याम खड्काले खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालय, मीनकृष्ण महर्जनले युवा तथा खेलकुद मन्त्रालय, विमल ठकुरी संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् । मदुकुमार श्रेष्ठको जिम्मेवारी पछि तोकिनेछ ।
एमालेका प्रकाश श्रेष्ठलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, अमन कुमार मास्केलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, कृष्ण प्रसाद सिलवाललाई वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङलाई उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय, किरण थापालाई स्वास्थ्य मन्त्रालय र प्रेमभक्त महर्जनलाई श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
नुवाकोटका मुख्यमन्त्री लामाको क्याबिनेटमा नियुक्त भएका अधिकांश मन्त्रीहरू काठमाडौँ उपत्यकाका रहेका छन् भने दलित समुदायबाट कसैले अवसर पाएनन् । उपत्यकाका ३ जिल्लाका मात्र ९ मन्त्री मुख्यमन्त्री लामाको क्याबिनेटमा मन्त्री बन्ने अवसर पाएका छन् ।
१३ जिल्ला रहेको प्रदेशमा १३ मन्त्रालय रहेको छ । उक्त मन्त्रालयमा ७ जिल्लाका सांसदले मन्त्री हुने अवसर पाएका छन् । प्रदेश राजधानी रहेको मकवानपुरसहित रसुवा, रामेछाप, काभ्रे, सिन्धुपाल्चोकले मन्त्री पाएनन् ।
१० निर्वाचन क्षेत्र रहेको काठमाडौँले मात्र ६ मन्त्री पाएको छ । उपत्यकाको ललितपुरले २ र भक्तपुरले १ मन्त्री पाएको छ । काठमाडौँबाट एमालेका प्रकाश श्रेष्ठ, अमन कुमार मास्के मन्त्री बने भने कांग्रेसबाट श्याम खड्का, हरिप्रभा खड्गी, सुरजचन्द्र लामिछाने, विमल ठकुरी मन्त्री बने ।
ललितपुरबाट एमालेका प्रेमभक्त महर्जन र कांग्रेसका मीनकृष्ण महर्जन मन्त्री बन्ने अवसर पाए भने भक्तपुरबाट एमालेका किरण थापा मन्त्री बने ।
कांग्रेसबाट दोलखाका कुन्दनराज काफ्ले, धादिङका मदु कुमार श्रेष्ठ मन्त्री बने भने एमालेबाट सिन्धुलीकी सुकमाया तामाङ र चितवनका कृष्णप्रसाद सिलवाल मन्त्री बने ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- थेसिस बुझाउन बाँकी विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयले दियो अन्तिम मौका
- हाजिरी जमानीमा छोड्न सर्वोच्चको आदेशपछि छुटे हिरासतमुक्त भएपछि रवीन्द्र मिश्र
- ‘सगरमाथा संवाद’ आजदेखि सुरु हुँदै, १७५ विदेशी पाहुना काठमाडौंमा
- पूर्वमन्त्री माेहन बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
- मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति गभर्नर नियुक्ति हुन्छ: प्रधानमन्त्री
- निरन्तर ओरालो नेप्से, के छ साताकाे अन्तिम दिनकाे खबर ?
- बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध
- सरकारी बेरूजू थुप्रिएकाे थुप्रिएकै, ७ खर्ब ३३ अर्ब पुग्यो बेरुजु, वर्षमै थपियो ९१ अर्ब ५९ करोड
- रसुवा जिल्लाको उच्च हिमाली क्षेत्रमा 4G मोबाइल सेवा विस्तार
- आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख
प्रतिकृया दिनुहोस