समाजघर निर्माण गर्न थापा परिवारद्वारा नि:शुल्क जग्गा दान
- थम्मन थापा
- २ जेठ शुक्रबार, २०८२ | १९:४०:०० मा प्रकाशित

बागलुङ । गलकोट नगरपालिका–७ मल्ममा सामाजिक घर निर्माण गर्नका लागि स्थानीयले नि:शुल्क जग्गा दान गरेका छन् ।
गलकोट नगरपालिका ७ मल्म हाल सुनवल नगरपालिका वडा नं १ निवासी समाजसेवी दुर्गा बहादुर र उनकी धर्मपत्नी विष्णु देवी थापाले १ रोपनी ४ आना र मल्म बाटारा निवासी दोर्ण बहादुर थापा र उनकी धर्मपत्नी थुमा थापाले ५ आना जग्गा सातसय बगाले थापा समाजलाई प्रदान गरेको संस्थाका अध्यक्ष छुम बहादुर थापाले जानकारी दिए ।
जग्गा प्राप्ति सँगै अब सामाजिक घर निर्माण कार्यलाई अगाडी बढाउन आवश्यक तयारी गरिने अध्यक्ष थापाले बताए । दान गरिएको जग्गाको हालको मूल्य झण्डै ३० लाख रुपैयाँ रहेको छ ।
गलकोट नगरपालिका ७ मल्ममा बगाले थापाहरुको कुलपूजा हुँदा बाहिरबाट आउने बन्धुबान्धव र अन्य समयमा गाउँमा आउने पर्यटकसँगै पाहुनाहरुको सहज आवासको निमित्त समाज घर निर्माणको योजना तय भएको संस्थाका महासचिव थम्मन थापा सन्देशले जानकारी दिए ।
मालपोत कार्यालय बागलुङ मार्फत जग्गादाताले संस्थाको नाममा रजिष्ट्रेशन पास गरि संस्थाका अध्यक्ष छुम बहादुर थापालाई जग्गाधनी पूर्जा हस्तान्तरण गरेको सचिव सुवेदार मिन बहादुर थापाले बताए ।
प्रतिकृया दिनुहोस