हाजिरी जमानीमा छोड्न सर्वोच्चको आदेशपछि छुटे हिरासतमुक्त भएपछि रवीन्द्र मिश्र
- गाउँ सहर संवाददाता
- २ जेठ शुक्रबार, २०८२ | १९:२५:०० मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतले ५० दिनदेखि प्रहरी हिरासतमा रहेका राप्रपा वरिष्ठ नेता रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश दिएपछि छुटेका छन् ।
बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शुक्रबार उनलाई हाजिरी जमानीमा थुनामुक्त गर्ने आदेश दिएको थियाे ।
सर्वोच्च अदालतको आदेशपछि हाजिर जमानतमा हिरासतमुक्त भएका राप्रपा नेता रवीन्द्र मिश्रले आफूले राज्यले आरोप लगाए जस्तो संगठित र राज्यविरुद्धको अपराध नगरेको जिकिर गरेका छन् ।
बन्दीप्रत्यक्षीकरणको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उनलाई हाजिर जमानतमा छाड्न आदेश दिएको थियो । यसपछि प्रहरी नियन्त्रणबाट मुक्त भएका मिश्रले अदालतको गेट बाहिर आएर भने, ‘म राजनीतिक मान्छे हुँ, मैले राजनीतिक रुपमा राजसंस्था पुनर्स्थापनाका लागि काम गरेको हो । तर, राज्यविरुद्धको कसुर, संगठित अपराध र आपराधिक उपद्रव मबाट भएको छैन ।’
उनलाई कानुन व्यवसायीको रोहबरमा थुनामुक्त गरिएको छ । गत १५ चैतमा राजावादीहरूले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले हिंसा भड्काउन संलग्न रहेको भन्दै सोही दिन बेलुका पक्राउ गरेको थियो ।
राज्यविरुद्धको कसुरजन्य, संगठित अपराधजन्य र अपराधिक उपद्रवजन्य मुद्दामा प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो । त्यसयता प्रहरीले आठ पटकसम्म म्याद थप गरेर हिरासतमा राखेको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
प्रतिकृया दिनुहोस