अर्थतन्त्र

निरन्तर ओरालो नेप्से, के छ साताकाे अन्तिम दिनकाे खबर ?

काठमाडौँ । नेप्से परिसूचकको ओरालो यात्रा बिहीबार पनि निरन्तर रह्यो । आज नेप्से सूचक ७.३७ अङ्कले ओरालो लागेको हो । आज नेप्से ओरालो लागेसँगै नेप्से २६१२.८९ अङ्कको विन्दुमा पुगेको छ ।

३२० स्क्रिप्सको १ करोड ७४ लाख २३ हजार ९४३ कित्ता सेयर ७ अर्ब ८ करोड ३३ लाख ४८ हजार २४० रुपैयाँमा खरिदबिक्री भए। ओम मेघाश्री फरमा क्युटिकल्सको सेयरमा सकरात्मक सर्किट लाग्यो ।

कारोबार रकमका आधारमा सोल्टी होटल शीर्षस्थानमा रह्यो । सो कम्पनीको ४६ करोड १९ लाख मूल्य बराबरको सेयर कारोबार भयो । आज होटेल तथा पर्यटन समूहमा राम्रो वृद्धि देखिएको छ । यस साता सूचकसँगै दैनिक कारोबार रकममा पनि ह्रास देखिएको छ ।

तपाईँको मत