विश्वकप खेल्न वेस्ट इन्डिज पुगेपछि सन्दीप लामिछानेले लेखे : सबैलाई धन्यवाद
- गाउँ सहर संवाददाता
- २८ जेठ सोमबार, २०८१ | ०८:३७:०० मा प्रकाशित

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट खेल्न सन्दीप लामिछाने वेस्ट इन्डिज पुगेका छन् ।
विश्वकपका दुई खेल खेल्न लामिछाने वेस्ट इन्डिज पुगेका हुन् । वेस्ट इन्डिजमा हुने अन्तिम दुई खेलका लागि राष्ट्रिय टोलीमा आबद्ध रहेकाले आफू बताएको सन्दीले बताएका छन् ।
विश्वकपमा सहभागी गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै उनले क्यान पदाधिकारीहरूको नाम जोडेर फैलाइएका प्रपोगाण्डामा विश्वास नगर्न पनि उनले आग्रह गरेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले सोमबार बिहान विज्ञप्ति सार्वजनिक गर्दै सन्दीपले वेस्ट इन्डिजमा हुने खेल खेल्ने जानकारी गराएपछि मात्रै उनले आफू वेस्ट इन्डिज पुगिसकेको फेसबुकबाट सार्वजनिक गरेका थिए ।
'क्यानका अध्यक्ष चतुरबहादुर चन्द सर, सचिव तथा मेरा प्यारा ब्रदर पारस खड्का दाई, मेरा वकिल सरोज घिमिरे दाई, विनोद दास दाई र प्रबल दाई र प्रिय बालकृष्ण दाईलाई हार्दिक धन्यवाद दिन चाहन्छु' सन्दीपले लेखेका छन् 'आईसीसी र सबै सम्बन्धित आधिकारिक नेटवर्कहरूसँगको समन्वयले मलाई यो टी-२० विश्वकपमा भाग लिन सम्भव छ ।'
'जारी आईसीसी पुरुष टी - २० विश्वकप २०२४ का लागि नेपाली खेलाडी सन्दीप लामिछाने वेस्ट इन्डिज प्रस्थान भई नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने जानकारी गराउन चाहन्छौं' क्यानका सचिव खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ 'सम्मानित उच्च अदालत पाटनले गत मे १५ मा दिएको फैसलासँगै नेपाल क्रिकेट संघले पूर्व घोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीप लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी सामु पेश गरेको थियो ।'
'सन्दीप लामिछाने गत मे १६ तारिखदेखि नै नेपालको अफिसियल स्क्वाडमा रहेका तर उनको अमेरिकी भिसा प्राप्त नभएता पनि आईसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेशविरुद्ध नेपालका दुई खेलमा उनको उपस्थिति रहने जानकारी गराउन चाहन्छौं' विज्ञप्तिमा भनिएको छ ।'
सन्दीपले वेस्ट इन्डिजको सेन्ट भिसेन्टमा दक्षिण अफ्रिकासँग जुन १४ र बंगलादेशसँग जुन १६ मा खेल्नेछन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस