गाउँ सहर
त्रिविको रेक्टरमा केसी र रजिस्ट्रारमा रिजाल नियुक्त
- गाउँ सहर संवाददाता
- ३० चैत शुक्रबार, २०८० | १८:०५:०० मा प्रकाशित

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको रेक्टर पदमा प्राध्यापक खड्ग केसी र रजिस्ट्रारमा प्राध्यापक केदार रिजाल नियुक्त भएका छन्।
विश्वविद्यालयका कुलपतिका हैसियतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार उनीहरूलाई नियुक्त गरेका हुन्।
उपकुलपति प्राडा केशरजंग बरालले उनीहरूलाई चैत १५ गते नै सिफारिस गरेका थिए। बरालले स्वतन्त्र रूपमा टिम बनाउन नपाउने हो भने त्रिविमा काम गर्न नसकिने र सुधारको प्रयास पनि सफल नहुने भन्दै अडान लिएका थिए।
केसी अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभाग र रिजाल वातावरण विज्ञान विभागका प्राध्यापक हुन्।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस