मेलम्चीका अतिक्रमित अस्थायी संरचनामा चल्यो डोजर
- गाउँ सहर संवाददाता
- १२ फाल्गुण शनिबार, २०८० | १७:३०:०० मा प्रकाशित

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले शनिबारबाट मेलम्ची बजारको मुख्य सडकको दाँयाबाँया बनेका अस्थायी संरचना एवं घर-टहरा हटाउन डोजर चलाएको छ।
३५ दिने सूचना दिएर आफैं हटाउन समय दिए पनि नहटाइका संरचना, सडक पेटी मिचेर बनाइएका संरचना, होडिङ बोर्डलगायतका समग्री हटाउन सुरु गरेको हो।
मेलम्ची नगरपालिका-११ मा पर्ने मेलम्ची खानेपानीको साइट कार्यालयदेखि मेलम्ची बजार सहित होटल रिभर साइड इनसम्मको क्षेत्रमा मुख्य सडकको दायाँबायाँ निर्माण भएका अस्थायी संरचना हटाउन सुरु गरेको नगरपालिकाले जनाएको छ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम नअटाईएका संरचना हटाउदा लाग्ने सम्पूर्ण खर्च घर धनी स्वयम्बाट असुलउपर गरिने समेत नगरपालिकाले जनाएको छ।
मेलम्ची नगरपालिकालाई सुन्दर, फराकिलो र सौन्दर्ययुक्त बनाउने भन्दै गत पुस २६ गते बसेको कार्यपालिकाको बैठकले सडक अतिक्रमणको कारणले बजार क्षेत्र कुरुप हुँदै गएको भन्दै बजारको मुख्य सडकको दायाँबायाँ बनेका अस्थायी संरचना हटाउने निर्णय गरेको थियो।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस