शेयरबजार : यस्ताे रह्याे आजकाे नेप्से
- गाउँ सहर संवाददाता
- २८ माघ आइतबार, २०८० | १६:५२:०० मा प्रकाशित

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.५० अंकले घटेको छ । नेप्से सूचक २०८५.८२ अंकमा झरेको हो ।
कारोबार रकम भने अघिल्लो कारोबार दिनभन्दा झण्डै पौने अर्ब रुपैयाँले बढेको छ । आज नेप्सेमा ४ अर्ब ८ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।
आज कारोबार भएका कम्पनीमध्ये ९१ वटाको बढेको छ भने १४८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ८ कम्पनीको शेयरमूल्य स्थिर छ ।
नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रतिकित्ता शेयरमूल्यमा ९२ रुपैयाँ ३० पैसा र कुथेली बुथेली हाइड्रोपावर कम्पनी लिमिटेडको ९० रुपैयाँ र ९० पैसा वृद्धि भएको हो ।
त्यस्तै, एनआइसी एसिया ग्रोथ फण्ड-२ का लगानीकर्ताहरुले सर्वाधिक १० प्रतिशत गुमाएका छन् । सबैभन्दा बढी कारोबार हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको भएको छ । आज यस कम्पनीको ६२ करोड ४७ रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस