शेयरबजार : यस्ताे रह्याे आजकाे नेप्से
- गाउँ सहर संवाददाता
- २८ माघ आइतबार, २०८० | १६:५२:०० मा प्रकाशित
काठमाडौं । साताको कारोबारको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.५० अंकले घटेको छ । नेप्से सूचक २०८५.८२ अंकमा झरेको हो ।
कारोबार रकम भने अघिल्लो कारोबार दिनभन्दा झण्डै पौने अर्ब रुपैयाँले बढेको छ । आज नेप्सेमा ४ अर्ब ८ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।
आज कारोबार भएका कम्पनीमध्ये ९१ वटाको बढेको छ भने १४८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ८ कम्पनीको शेयरमूल्य स्थिर छ ।
नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रतिकित्ता शेयरमूल्यमा ९२ रुपैयाँ ३० पैसा र कुथेली बुथेली हाइड्रोपावर कम्पनी लिमिटेडको ९० रुपैयाँ र ९० पैसा वृद्धि भएको हो ।
त्यस्तै, एनआइसी एसिया ग्रोथ फण्ड-२ का लगानीकर्ताहरुले सर्वाधिक १० प्रतिशत गुमाएका छन् । सबैभन्दा बढी कारोबार हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको भएको छ । आज यस कम्पनीको ६२ करोड ४७ रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस