हालसम्मकै धेरै धान उत्पादन, चामल आयातमा कमी ल्याउला??
- गाउँ सहर संवाददाता
- २३ पौष सोमबार, २०८० | १२:२४:०० मा प्रकाशित

काठमाडाैँ। यो वर्ष हालसम्मकै धेरै धान उत्पादन भएको छ। कृषि तथा पशुपंक्षी मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा हालसम्मै धेरै धान फलेको हो।
मन्त्रालयको तथ्यांकअनुसार यो वर्ष ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको छ। यसअघि सबभन्दा धेरै धान फलेको आर्थिक वर्ष २०७७/७८ मा थियो। सो वर्ष ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान उत्पादन भएको थियो।
यो वर्ष धान रोपाइँ गरिएको क्षेत्रफल कम छ। कुल धानबाली लगाइएको क्षेत्रफल गत वर्षको तुलनामा ०.६१ प्रतिशत अर्थात ८ हजार ८ सय हेक्टर कम हो। तरपनि उत्पादकत्व बढेकाले धेरै धान फलेको मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले बताए।
उनका अनुसार अघिल्लो वर्षको तुलनामा यसपालि उत्पादकत्व ४.९७ प्रतिशतले बढेको हो।
प्रदेशगत हिसाबमा यो वर्ष सबभन्दा धेरै धान कोशीमा उत्पादन भएको छ। त्यस्तै सबभन्दा कम कर्णालीमा भएको छ।
कोशीमा यो वर्ष १४ लाख ३५ हजार ५७८ मेट्रिक टन धान उत्पादन भएको छ भने कर्णालीमा एक लाख ४५ हजार ६३ मेट्रिक टन छ।
यस्तै बागमतीमा पाँच लाख ४ हजार ३४४, लुम्बिनीमा १३ लाख १० हजार ८२९, गण्डकीमा तीन लाख ९१ हजार ६२४, सुदूरपश्चिमममा पाँच लाख ९९ हजार १२५ र मधेसमा १३ लाख ३७ हजार ६७२ मेट्रिक टन धान उत्पादन भएको छ।
उत्पादकत्वतर्फ पनि यो वर्ष कोशी प्रदेश सबभन्दा अगाडि छ। कोशीमा यसपालि एक हेक्टर जग्गा बराबर ४.४३ मेट्रिक टन धान उत्पादन भएको छ।
याे तथ्यांकबाट जनताले प्रश्न गरेका छन्- के अब चामल आयातमा कमी ल्याउला??

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस