गाउँ सहर

वीपी राजमार्गमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

सिन्धुली । वीपी राजमार्गको झाँगाझोली रातमाटा खण्डमा यात्रुवाहक बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार मोटरसाइकलमा सवार एक महिला र एक पुरुषको मृत्यु भएको हो । मृतकको सनाखत हुने क्रममा रहेकाले राजमार्ग अवरुद्ध छ ।

वागमती प्रदेश ०१ ००६ ख ४५९३ नम्बरको बसको भित्र पसेको मोइटरसाइकलका चालक र पछि बसेका दुवैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि राजमार्गमा सवारी आवागमन रोकिएको छ । शवको सनाखतपछि राजमार्ग खुल्ने प्रहरीले जनाएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत