विश्व

मुम्बईको क्रिस्टल टावरमा आगलागी, ४ को मृत्यु

  • ६ भदौ बुधबार, २०७५ | १२:५४:०० मा प्रकाशित
लाइभ हिन्दुस्तान

मुम्बई । मुम्बईको परेल क्षेत्रमा बुधबार हिन्दु सिनेमाको नजिक क्रिस्टल टावरमा आगलागी हुँदा ४ जनाको मृत्यु भएको छ । आगलागीमा परी कयौँ घाइते बनेका छन् ।
आगो क्रिस्टल टावरको १२ औँ तलामा लागेको थियो । 

आगलागीमा घाइतेहरुलाई केईएम अस्पतालमा लगिएको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार अहिले स्थिति सामान्य र नियन्त्रणमा छ । २० वटा फायर स्टेण्डबाइ रहेको उनीहरुले बताएका छन् ।

दमकल विभागका अधिकारीले आगलागीको सूचना बिहान ८ बजेर ३२ मिनेटमा मिलेको थियो । विभाग प्रमुख पी. एस. रहांगदले ले भने कि आगो लागेपछि धुँवा चारैतिर फैलिएको थियो । त्यहाँ बस्नेहरु सिँडीमा रोकिएका थिए । 

उनले भने, 'आगोलाई नियन्त्रणमा लिन र मानिसलाई घर बाहिर निकाल्न कोशिष जारी छ । २० दलकलले चार टेंकर पानी, मुम्बई पुलिस तैनाथ छन् ।' एजेन्सी
 

तपाईँको मत