गाउँ सहर

आज ३३औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, माया र आदर गरौँ

काठमाडाैं । आज अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस । सन् १९९१ देखि हरेक वर्ष अक्टोवर १ माअन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउने गरिन्छ । ज्येष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमा पुहँच पुर्याउने उदेश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर यो दिवस मनाईन्छ ।

ज्येष्ठ नागरिकका लागि राज्यको तर्र्फबाट नेपालको संविधान २०७२ को मौलिक हकअन्तर्गत धारा ४१ मा ज्येष्ठ नागरिकका लागि विशेष संरक्षण र सामाजिक सुरक्षाको हक हुनेछ भन्ने उल्लेख छ। संविधानमा उल्लिखित प्रावधान तीन वर्षभित्र बनिसक्नु पर्नेमा केहीमात्र सम्बोधन भए। ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ र नियमावली २०६५ लाई पनि वस्तुगत रूपले हेर्दा कार्यान्वयनको पक्षमा त्यति प्रभावकारी भएकाे छैन ।

जेष्ठनागरिक दिवसको अवसरमा महिला,बालबालिका तथा समाज कल्याणमन्त्रालयले प्रभातफेरी लगायतविविध कार्यक्रम गर्दै आएको छ भने यस क्षेत्रमा कार्यरत संघसंस्थाहरुले जेष्ठ नागरिकको हक अधिकारका लागि पैरवीमूलक अभियानहरु चलाउँदै आएका छन् । सामाजिक सुरक्षाको अवधारणा लागु गर्नेसन्दर्भमा स्वर्गीय मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला बृद्धबृद्धालाई मासिकभत्ता वितरण गर्ने कार्यक्रम नै यसक्षेत्रका लागि सवैभन्दा प्रगतिशिल कदमभएको मानिन्छ । सोहि अनुसार अहिलेसम्मपनि नेपाल सरकारले वृद्धवृद्धाका लागि सामाजिक सुरक्षा भत्ता सहित अन्य सुविधा तथा अधिकारहरुको सुचिश्चिततालाई निरन्तरता दिंदै आएको छ । तर पछिल्ला दिनहरुमा पारिवार तथा समाजबाट नै वृद्धवृद्धाहरुअपहेलित हुने क्रम बढेको भन्दै सर्वत्र चासो र चिन्ता प्रकट हुन थालेको छ ।

जेष्ठ नागरिकले आफ्नो जीवनकालमा संगालेका ज्ञान, सीप र अनुभवनयाँ पुस्ताको लागि मार्गर्दर्शन मानिन्छ । जेष्ठ नागरिकहरु आफैं पनि संगठित भईकेन्द्रीय, क्षेत्रीय र जिल्लास्तरमा संजाल संयन्त्रहरुनिर्माण गरी हक अधिकारका आवाजहरु उठाउन थालेको देखिन्छ । ज्येष्ठ नागरिक अनुभवले खारिँदै र जीवनका विभिन्न कठिनाई, आरोह, अवरोह पार गर्दे वृद्धावस्थामा पुगेको हुन्छन् । जीवन र जगतका हरेक अप्ठयारा पार लगाउन सक्ने क्षमता ज्येष्ठ नागरिकमा हुन्छ भन्ने हेक्का सबैले राख्नुपर्छ । काम गर्न सके सबैका प्रिय र नसके अपहेलित हुनु दुर्भाग्य हो । युवाशक्तिले ज्येष्ठ नागरिकको अनुभव र सिपको उच्च मुल्याङ्कन गर्दे सम्मान गर्नुपर्दछ किनकी हामी माथी उनीहरुको ठूलो लगानी, त्याग र समर्पण छ ।

घरपरिवारका सदस्यमा कर्तव्य र जिम्मेवारी बोधको खाँचो छ । ज्येष्ठ नागरिक ज्ञानका खानी अनि हाम्रो बुद्धिको स्रोत हुन भन्ने भावना घरघरमा गुञ्जायमान हुन आवश्यक छ, त्यसैले ज्येष्ठ नागरिकको जीवन सहज, सुरक्षित, सम्मानित र सुनिश्तिच बनाउन हामी प्रत्येक व्यक्तिको दायित्व रहन जान्छ । ज्येष्ठ नागरिक हाम्रा अमुल्य निधि र पथ प्रर्दशक हुन उनीहरुलाई घृणा होइन आदर गरौँ ।

नेपालमा ६० वर्ष उमेर पुगेका नागरिकलाई ज्येष्ठ नागरिक भनिन्छ। अन्तरिम संविधान २०६३ ले समेत बृद्धबृद्धालाईसंरक्षण र उन्नतिको लागि सामाजिक सुरक्षा प्रदान गर्ने अठोट गरेको  थियो । भर्खरै घोषणा भएको नेपालको संविधान-२०७२ को धारा ४१ मा "जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ" भनि उल्लेख गरिएको छ । मानवअधिकारकोविश्वव्यापी घोषणपत्र-१९४८, UnitedNations Principles for older persons 1991, Macau plan of action on ageing1998/Madrid International plan of action on ageing 2002 जस्ता अन्तर्राष्ट्रिय फोरमहरुमा नेपालले उपस्थिति जनाईसकेको छ । सोहि अनुसार जेष्ठ नागरिकको जीवनलाई सहज, सुरक्षित र सम्मानित बनाउन जेष्ठ नागरिक नीति, कार्यनीति तथा दीर्घकालिनअवधारणा जेष्ठ नागरिक कार्ययोजना-२०६२ लागू गरिएकोछ । त्यस्तै केन्द्रीय ज्येष्ठ नागरिक कल्याणसमितिको स्थापना भई ७५ वटै जिल्लामा जिल्ला ज्येष्ठ नागरिक कल्याण समिति गठन गरिएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत