ट्रकमा बस ठोक्किएर दुर्घटना हुँदा सातजनाको मृत्यु, ३० जना घाइते
- गाउँ सहर संवाददाता
- २३ भदौ शनिबार, २०८० | ०५:३८:०० मा प्रकाशित

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शमशेरगञ्जमा रोकिराखेको ट्रकमा बस ठोक्किएर दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार दाङबाट बर्दियातर्फ आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगन्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा शुक्रबार राति करिब ९ बजे ठोक्किएर दुर्घटना भएको थियो ।
बिग्रिएर सडक छेउमा राखिएको सो ट्रकसँग बस ठोक्किँदा बसमा सवार ठाकुरबाबा ९ का काशिराम थारु, कस्तुरी थापा, रुपा परियार, जयन्ती थारु र बसका चालक जुकबहादुर चन्दसहित ७ जनाको जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी ३० जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुने बसका सहचालक र अन्य एकजनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
घाइतेकाे कोहलपुरमा उपचार भइरहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सामुदायिक विद्यालयमा घट्दाे विद्यार्थीबारे राष्ट्रियसभामा पाैडेल गराए ध्यानाकर्षण
- सेयर बजारमा गिरावट
- नीति तथा कार्यक्रम बहुमतले पारित
- यस्तो छ नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठ)
- नीति तथा कार्यक्रम प्रतिनिधिसभामा निर्णयार्थ पेस हुँदै, संसदमा उठेका प्रश्नको प्रधानमन्त्रीकाे जवाफ
- आज सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिँदै
- गाउँ सहर डट कमका पौडेल लेखनाथ पत्रकार मञ्चको अध्यक्षमा सर्वसम्मत
- भारत–पाकिस्तानबीच युद्धविराम, सैन्य कारबाही रोक्न सहमत
- पाकिस्तानसँगको तनावले नेपालको आपूर्तिमा समस्या हुँदैन - भारत
- देशभरीका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ : मन्त्री यादव
प्रतिकृया दिनुहोस