गाउँ सहर

केही साना नदीमा आज पानीको बहाव बढ्न सक्ने

काठमाडौँ । देशका केही साना नदीमा आज पानीको बहाव बढ्न सक्ने पूर्वानुमान छ ।

इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, खोटाङ, ओखलढुंगा, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मकवानपुर, कास्की, पर्वत, म्याग्दी, लमजुङ, बागलुङ र स्याङजा भई बहने केही साना नदीमा बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

नदीतटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत