शिक्षा

लिटल फ्लावरमा विद्यार्थी स्वागत

लेखनाथ । पोखरा २७ रिठेपानीस्थित लिटल फ्लावर एजुकेसनल एकेडेमीमा कक्षा ११ मा शैक्षिक सत्र २०८० मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरिएको छ ।

कक्षा १२ की लीजा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक समिति अध्यक्ष एवम् सस्थापक देवी खड्काले असल नागरिक बन्न विद्यार्थी लगनशील हुनुपर्ने बताइन् । 

सञ्चालक सदस्य दिपेन्द्र राईले समुदायको आवश्यकतालाई बुझेर लिटल फ्लावरले कक्षा ११/१२ को पढाइ सञ्चालन गरेको बताउँदै यसकाे उन्नतिमा आफूहरू लागिरहने बताए। विद्यालयका प्रिन्सिपल विकल पौडेलले हालका गतिविधि र भावी योजनासमेत प्रस्तुत गरे । 

पूर्व प्रिन्सिपल एवम् कक्षा ११/१२ का संयोजक विष्णुहरि पौडेलले नवागन्तुक विद्यार्थीहरुले भविष्यमा उत्कृष्टता हासिल गर्नुपर्नेमा जोड दिए । शिक्षक गंगाधर बरालले शुभकामना मन्तब्य राखेका थिए।

कक्षा ११ की सन्ध्या नेपालीले गुरुहरूको निर्देशनमा उत्कृष्ट नतिजा का लागि प्रयत्नरत रहने धारणा राखिन् ।

कक्षा १२ का प्रवीण खत्रीले नवआगन्तुक विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गर्दै मन्तव्य राखेका थिए ।

विविध सांस्कृतिक प्रस्तुतिसमेत रहेको उक्त कार्यक्रमको सञ्चालन कक्षा १२ का सुजन पौडेल र कृतिका थापाले गरेका थिए।

गाउँ सहर संवाददाता

तपाईँको मत