नेपाल अक्सिजन ग्यास उत्पादक संघको अध्यक्षमा पुनः गौरव शारडा निर्वाचित
- गाउँ सहर संवाददाता
- २२ श्रावण सोमबार, २०८० | १७:५५:०० मा प्रकाशित
काठमाडौं। नेपाल अक्सिजन ग्यास उत्पादक संघको अध्यक्षमा पुनः गौरव शारडा निर्वाचित भएका छन्।
संघको १३औं वार्षिक साधारण सभाले निवर्तमान अध्यक्ष गौरव शारडालाई पुनः आगामी दुई वर्षका लागि निर्विरोध अध्यक्षमा निर्वाचित गरेको हो। साथै, साधारणसभाले उपाध्यक्षमा वीरेन्द्र कुमार संघाई, महासचिवमा नारायणदत्त तिमल्सिना, कोषाध्यक्षमा प्रल्हाद तिमल्सिना र सदस्यमा शंकरलाल अग्रवाल, अभिक ज्योति, दिनेश ढकाल र शरद खनाल चयन गरेको छ।
सभाले कोभिडको समयमा अक्सिजन उद्योगको स्वामित्वमा रहेको अक्सिजन सिलिन्डर ठूलो परिमाणमा विभिन्न सरकारी निकायले लगेर हालसम्म फिर्ता नगरेकाले उद्योगर्ले ठूलो आर्थिक नोक्सानी व्यहोर्नु परेको भन्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
यसैगरी, संघले अक्सिजन सिलिन्डरको गुणस्तर मापदण्डसम्बन्धी आवश्यक कानुन बनाउन नेपाल गुणस्तर तथा नापतौल विभाग तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दबाब दिने निर्णय गरेको छ।
संघले आगामी दिनमा लिक्विड अक्सिजन आयातमा कडाइ गर्न सरकारको ध्यानाकर्षण गराउनेसमेत निर्णय गरेको छ। नेपालमा सञ्चालित अक्सिजन ग्यास उद्योगको उत्पादन मागभन्दा धेरै रहेकाले लिक्विड अक्सिजन आयात गर्न आवश्यक नरहेको संघका अध्यक्ष शारडाले साधारणसभामा बताए।
लिक्विड अक्सिज आयातले देशभरि सञ्चालनमा रहेक २८ वटा अक्सिजन उद्योगको भविष्य धरापमा परेको र अक्सिजन ग्यासमा नेपाल आत्मनिर्भर हुँदाहुँदै लिक्विड अक्सिजन आयातले निरन्तरता पाए अक्सिजन ग्यासमा नेपाल–भारततर्फ निर्भर हुनुपर्ने बाध्यात्मक अवस्था सिर्जना हुने उनको भनाइ छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस