नेपाल अक्सिजन ग्यास उत्पादक संघको अध्यक्षमा पुनः गौरव शारडा निर्वाचित
- गाउँ सहर संवाददाता
- २२ श्रावण सोमबार, २०८० | १७:५५:०० मा प्रकाशित

काठमाडौं। नेपाल अक्सिजन ग्यास उत्पादक संघको अध्यक्षमा पुनः गौरव शारडा निर्वाचित भएका छन्।
संघको १३औं वार्षिक साधारण सभाले निवर्तमान अध्यक्ष गौरव शारडालाई पुनः आगामी दुई वर्षका लागि निर्विरोध अध्यक्षमा निर्वाचित गरेको हो। साथै, साधारणसभाले उपाध्यक्षमा वीरेन्द्र कुमार संघाई, महासचिवमा नारायणदत्त तिमल्सिना, कोषाध्यक्षमा प्रल्हाद तिमल्सिना र सदस्यमा शंकरलाल अग्रवाल, अभिक ज्योति, दिनेश ढकाल र शरद खनाल चयन गरेको छ।
सभाले कोभिडको समयमा अक्सिजन उद्योगको स्वामित्वमा रहेको अक्सिजन सिलिन्डर ठूलो परिमाणमा विभिन्न सरकारी निकायले लगेर हालसम्म फिर्ता नगरेकाले उद्योगर्ले ठूलो आर्थिक नोक्सानी व्यहोर्नु परेको भन्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
यसैगरी, संघले अक्सिजन सिलिन्डरको गुणस्तर मापदण्डसम्बन्धी आवश्यक कानुन बनाउन नेपाल गुणस्तर तथा नापतौल विभाग तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दबाब दिने निर्णय गरेको छ।
संघले आगामी दिनमा लिक्विड अक्सिजन आयातमा कडाइ गर्न सरकारको ध्यानाकर्षण गराउनेसमेत निर्णय गरेको छ। नेपालमा सञ्चालित अक्सिजन ग्यास उद्योगको उत्पादन मागभन्दा धेरै रहेकाले लिक्विड अक्सिजन आयात गर्न आवश्यक नरहेको संघका अध्यक्ष शारडाले साधारणसभामा बताए।
लिक्विड अक्सिज आयातले देशभरि सञ्चालनमा रहेक २८ वटा अक्सिजन उद्योगको भविष्य धरापमा परेको र अक्सिजन ग्यासमा नेपाल आत्मनिर्भर हुँदाहुँदै लिक्विड अक्सिजन आयातले निरन्तरता पाए अक्सिजन ग्यासमा नेपाल–भारततर्फ निर्भर हुनुपर्ने बाध्यात्मक अवस्था सिर्जना हुने उनको भनाइ छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस