गाउँ सहर

लेउवा संघको महासचिवमा तिवारीले उमेदवारी दिने

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको आगामी भाद्र २२ र २३ मा हुने २७ औं वार्षिक साधारण सभा तथा १४ औं महाधिवेशनका लागि युवा व्यवसायी जीवन तिवारीले महासचिव पदका लागि उमेदवारी दिने घोषणा गरेका छन् ।

संघको १४ औं महाधिवेशनबाट नयाँ पदाधिारी चयन गर्ने कार्यतालिका रहेकाले उमेदवार बन्न इच्छुक व्यवसायीहरुले सामाजिक सञ्जाल मार्फत उमेदवारी घोषणा गरिरहेको अवस्थामा संघका वर्तमान कार्यसमिति सदस्य जीवन तिवारीले शनिवार पत्रकार भेटघाट मार्फत महासचिव पदका लागि आफनो उमेदवारी घोषणा गरेका हुन् ।

संघमा विगत लामो समय युवा उद्यमशिलता उप समिति हुँदै बर्तमान कार्यसमितिका सदस्य समेत रहेका तिवारीले आम व्यवसायीहरुको सल्लाह र सुझावलाई मध्यनजर राख्दै महासचिव पदमा रहेर हक हितका सवालमा काम गर्ने गरि उमेदवारी प्रस्तुत गरेको बताएका छन् ।

पारिवारिक रुपमा कास्कीकै माझाठानबाट व्यवसाय सुरु गदै आएका तिवारीले वर्तमान आवस्थामा लेखनाथको तालचोकमा फोटोग्राफी तथा भिडियोग्राफी व्यवसाय संचालन गर्दै आएका छन् ।

१० वर्ष शिक्षण पेशा हुँदै विद्यालय संचालकको समेत अनुभव संगालेका तिवारीले स्नातकोत्तर सम्मको अध्ययन गरेका छन् । संघको ऐतिहासिक गरिमालाई परिस्कृत गर्दै आम व्यवसायीहरुको हक हितका लागि प्रविधिमैत्री वातावरण सृजना गर्नु नै पहिलो लक्ष्य भएको बताए ।

युवाहरुले स्वदेशमा नै केही गर्नु पर्छ भन्ने वातावरण उद्योग वाणिज्य संघले सृजना गर्नुपर्छ भन्ने मान्यता राख्दै आएका तिवारीले साना तथा मझौला ब्यवसायीहरुको  आवाज उठाउनका लागि पनि आफू महासचिव पदका लागि उपयुक्त ठानेको बताएका थिए ।

यता लेखनाथ उद्योग वाणिज्य संघको निर्वाचनका लागि केही व्यवसायी नेताहरुले आफनो उमेदवारी घोषणा गरिसकेका छन् भने कति पय उमेदवार पर्ख र हेरको अवस्थामा रहेका देखिएको छ ।

संघको अध्यक्ष बन्न तयार रहेको वर्तमान वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठ, पूर्व महासचिव भरत कुमार अधिकारी, वरिष्ठ उद्घोषक नेत्रपाणि वास्तोला, सल्लाहकार दयाराम तिवारी, पूर्व कार्यसमिति सदस्य धिरज कुमार श्रेष्ठ र शैलेन्द्र मोहन भट्टराईले अध्यक्ष पदमा आफनो दावा प्रस्तुत गरेका छन् ।

यसैगरि वरिष्ठ उपाध्यक्षमा राजेन्द्र ओझा,प्रथम उपाध्यक्षमा गोपिचन्द्र वास्तोला र उपेन्द्रराज सुवेदी (राजु) को नाम चर्चामा छ भने द्धितीय उपाध्यक्षमा विक्रम कर्माचार्यको नाम आएको छ ।

यता संघको उप महासचिवमा भरतराज ओझा,भिम बहादुर नेपाली काईला र रामजी पौडेलले उमेदवारी दिने घोषणा गरेका छन् भने कोषाध्यक्ष पदमा दुवै जना वर्तमान कार्यसमितिका सदस्य पुष्पमणि भण्डारी र ध्रुवबावु भट्टराईको नाम चर्चा रहेको छ ।

यसैगरि खुल्ला आठ सदस्य पदका लागि दिपक अधिकारी, घनश्याम ढुगाना, बालकृष्ण तिवारी, विरेन्द्र भुर्तेल, राजन वडगामी, अर्जुन भण्डारी, सूर्य प्रकाश ढुगाना, सन्तोष सुवेदी, एल पी ढुगाना, झलक पौडेल, खेम गुरुङ, टिकाराम सापकोटा, राजकुमार ढकाल, भबिन पुन, रोशन अधिकारी, दयाराज भण्डारी, जनक तिवारी र असित सुवेदीले चनावी मैदानमा उत्रने मनसाय बनाएका छन् । महिला सदस्यमा प्रभा पौडेल र एशोसियट सदस्यमा लेखनाथ होटल एशोसियसनका अध्यक्ष विरभद्र कडेलको नाम चर्चामा छ ।

यस पटक संघमा नवीकरण भएका व्यवसायीको सख्या एक हजार आठ सय ६६ रहेकाले सदस्य बनेका व्यवसायीहरुले मात्र चुनावमा भाग लिन पाउने छन् ।

विगतका निर्वाचनहरुमा व्यवसायीलाई भन्दा पनि राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुलाई उद्योग वाणिज्य संघको चुनाव लागे जस्तै अहिले पनि  देखिन थालेको पाइन्छ ।

विष्णुहरि पाैडेल

तपाईँको मत