ब्लूम्बर्ग जनस्वास्थ्य पत्रकारिता पुरस्कारबाट स्वास्थ्य पत्रकार पदमराज जोशी सम्मानित
- गाउँ सहर संवाददाता
- १७ जेठ बुधबार, २०८० | १७:०५:०० मा प्रकाशित

काठमाडौं । लामो समयदेखि पत्रकारिताको माध्यमबाट सूर्तिजन्य पदार्थविरुद्घ जनचेतना विस्तार गर्ने वरिष्ठ स्वास्थ्य पत्रकार पदमराज जोशी सम्मानित भएका छन् । ब्लूम्बर्ग जनस्वास्थ्य पत्रकारिता पुरस्कारबाट वरिष्ठ स्वास्थ्य पत्रकार जोशी सम्मानित भएका हुन् ।
विश्व धूम्रपानरहित दिवसको अवसरमा बुधबार राजधानीमा आयोजित विषेश समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार जोशीको नाम पुरस्कारका लागि छनौट गरेको हो । पुरस्कारको राशि नगद ५० हजार रुपैया र प्रमाणपत्र रहेको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले हेल्थ टुडेका प्रधानसम्पादक जोशीलाई उक्त पुरस्कार प्रदान गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले सूर्तिजन्य पदार्थ विरुद्दको अभियानमा सबैको साझा प्रयास आवश्यक रहेको बताए ।
पत्रकारिताको माध्यमबाट सूर्तिजन्य पदार्थविरुद्घ जनचेतना विस्तार गर्न र नसर्ने रोगको संक्रमण न्यूनिकरणमा बिशेष योगदान गरेको मूल्यांकनका आधारमा स्वास्थ्य पत्रकार जोशीलाई ब्लूम्बर्ग जनस्वास्थ्य पत्रकारिता पुरस्कार प्रदान गरिएको हो।
सूर्तिजन्य पदार्थको बट्टामा ९० प्रतिशत भागमा चेतावनीमुलक घातक चित्र राख्ने प्रतिवद्दता जनाएपछि सन् २०१५ मा नेपाललाई युएईमा ब्लूम्बर्ग फिलान्थ्रोपिक अवार्ड प्रदान गरिएको थियो। पुरस्कार स्वरुप प्राप्त भएको एक लाख अमेरिकी डलर (करिब १ करोड नेपाली रुपैया) राशिको स्वास्थ्य मन्त्रालयले छुट्टै अक्षय कोष बनाएर त्यसबाट प्राप्त हुने ब्याज रकम सूर्तिजन्य पदार्थ विरुद्दको अभियानमा योगदान गरेका व्यक्ति र संस्थालाई दिने निर्णय गरेको थियो । यस व्यवस्था अनुसार पहिलो पटक २०७६ सालमा व्यक्ति र संस्था गरी ६ जनालाई पुरस्कार प्रदान गरिएको थियो। त्यसपछि कोभिड १९ का कारण यो पुरस्कार बितरण गरिएन। यो वर्ष बल्ल दोश्रो पटक पुरस्कार बितरण गरिएको हो।
नेपालमा सूर्तिजन्य पदार्थको सेवनका कारण हुने रोगहरुबाट वर्षेनि ३७ हजार जनाको ज्यान जाने गरेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। नेपालमा कुल जनसंख्याको २७ प्रतिसतले सूर्तिजन्य पदार्थको सेवन गर्ने गरेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको पछिल्लो अध्ययनले देखाएको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सामुदायिक विद्यालयमा घट्दाे विद्यार्थीबारे राष्ट्रियसभामा पाैडेल गराए ध्यानाकर्षण
- सेयर बजारमा गिरावट
- नीति तथा कार्यक्रम बहुमतले पारित
- यस्तो छ नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठ)
- नीति तथा कार्यक्रम प्रतिनिधिसभामा निर्णयार्थ पेस हुँदै, संसदमा उठेका प्रश्नको प्रधानमन्त्रीकाे जवाफ
- आज सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिँदै
- गाउँ सहर डट कमका पौडेल लेखनाथ पत्रकार मञ्चको अध्यक्षमा सर्वसम्मत
- भारत–पाकिस्तानबीच युद्धविराम, सैन्य कारबाही रोक्न सहमत
- पाकिस्तानसँगको तनावले नेपालको आपूर्तिमा समस्या हुँदैन - भारत
- देशभरीका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ : मन्त्री यादव
प्रतिकृया दिनुहोस