बागमती प्रदेशमा छोटो दूरीमा चल्ने सार्वजनिक गाडीको भाडा घट्यो
- गाउँ सहर संवाददाता
- १२ जेठ शुक्रबार, २०८० | १२:१३:०० मा प्रकाशित

काठमाडौं । बागमती प्रदेशमा छोटो दूरीमा चल्ने सार्वजनिक गाडीको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले आज सार्वजनिक गाडीको भाडा घटाएको हो । नेपाल आयल निगमले डिजेलको भाउ घटाएको नौँ दिनपछि बागमती प्रदेशमा छोटो दूरीमा चल्ने गाडीको भाडा घटाइएको हो ।
मन्त्रालयले घटाएको भाडा दर आजै राजपत्रमा प्रकाशित भएको छ । काठमाडौँ उपत्यकाभित्र ५ दशमलव ९ प्रतिशतले तथा उपत्यका बाहिर छोटो दूरीका सार्वजनिक गाडीमा ४ दशमलव १८ प्रतिशत र मालवाहक गाडीमा ५ दशमलव ६९ प्रतिशतले भाडा घटाएको मन्त्रालयका सचिव अस्मान तामाङले बताए । उनले भने, “नयाँ भाडा दर आजै राजपत्रमा प्रकाशित भइसकेकाले आजदेखि नै घटेको भाडादर लागू हुनेछ ।”
यसअघि डिजेलको भाउ बढेको बेला लामो दूरीको गाडीभाडा बढेर छोटो दूरीको नबढेपछि व्यवसायी आफैँले भाडादर तोकेका थिए । नेपाल आयल निगमले अघिल्लो हप्ता बुधबारदेखि लागू हुने गरी डिजेलको भाउ घटाएको थियो । लगत्तै सरकारले लामो दूरीको भाडा समायोजन गरेको थियो । लामो दूरी अर्थात् अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र छोटो दूरी अर्थात् अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुने गर्दछ ।
गएको चैत २० गते डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर रु १०/१० र पेट्रोलमा रु तीन मूल्य घटाएको निगमले अघिल्लो हप्ताको बुधबारदेखि लागू हुने गरी डिजेल र मट्टीतेलमा प्रतिलिटर रु १०/१० ले भाउ घटाएको थियो । घटेको मूल्यअनुसार हाल डिजेलको मूल्य लिटरको रु एक सय ५५ कायम भएको छ । अघिल्लो वर्ष प्रदेशभित्र सञ्चालन हुने छोटो दूरीको गाडी भाडा बढेको थियो । बढेको भाडाअनुसार यात्रुले काठमाडौँ उपत्यकामा सार्वजनिक गाडीमा चढ्ने बित्तिकै रु २० भाडा तिर्दै आइ रहेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नक्कली भुटानी शरणार्थी प्रकरण : आजदेखि थुनछेक बहस सुरु
- तराईमा 'लू' चल्न थाल्यो
- सांसदहरुले नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित
- टी-ट्वान्टी महिला सिरिजमा नेपालकाे जित
- आजकाे प्रतिनिधिसभा बैठकमा बजेटमाथि छलफल हुने कार्यसूची
- सेती जलविद्युत् आयोजना आगामी मङ्सिरभित्रमा सम्पन्न हुने
- भारत भ्रमण विगतका भन्दा परिणाममुखी र कामकाजी भएको छ : प्रधानमन्त्री प्रचण्ड
- नेपालमा धेरै जनसंख्या भएको जाति क्षेत्री र कम नुराङ, हिन्दू धर्म मान्ने ८१ प्रतिशत बढी (विवरणसहित)
- प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
- दुर्घटना अपडेट : सुनकोशीमा बेपत्ता तीनको पहिचान खुल्यो
प्रतिकृया दिनुहोस