न्यायाधीश न्यौपानेको इजलासमा भुटानी शरणार्थी प्रकरणको मुद्दा, आजबाट बयान सुरु हुने
- गाउँ सहर संवाददाता
- १२ जेठ शुक्रबार, २०८० | ११:२०:०० मा प्रकाशित
काठमाडौं। काठमाडौं जिल्ला अदालतमा दायर नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी ठगी, लिखत कीर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको मुद्दा न्यायाधीश न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा परेको छ । सरकारी वकिल कार्यालयले पक्राउ परेका १६ जना र फरार रहेका १४ गरी कुल ३० जनाविरुद्ध चारवटा छुट्टाछुट्टै दायर गरेको मुद्दामा शुक्रबारबाट न्यायाधीशसमक्ष बयान सुरु हुन लागेको हो ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै सरकारी संयन्त्रमै रहेका पदाधिकारीको मिलेमतोमा १४५ जनाभन्दा बढीसँग २८ करोड ८४ लाख ठगी भएको मुद्दा काठमाडौं जिल्ला अदालतमा २५ नम्बर इजलासमा न्यौपानेको इजलासमा परेको छ । बयान र थुनछेक प्रयोजनका लागि न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पेसी तोकिएको छ ।
सरकारी वकिल कार्यालय काठमाडौंले बुधबार पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाल सरकारका बहालवाला सचिव टेक नारायण पाण्डे लगायतका ३० जनालाई प्रतिवादी बनाएर जिल्ला प्रहरी परिसर काठमाडौंको रायसहितको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले ३० जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस