नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका र फरार प्रतिवादीमाथि मुद्दा दायर गर्ने यस्तो तयारी
- गाउँ सहर संवाददाता
- ९ जेठ मंगलबार, २०८० | ११:३८:०० मा प्रकाशित

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगमा ३२ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन राय दिँदै गरेको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइएको छ
प्रहरीले पेश गरेको अनुसन्धान प्रतिवेदनमा आरोपीहरुमाथि जनही साढे २० वर्षको कैद सजाय हुनेगरी मागदाबी लिएर अदालतमा मुद्दा दायर हुनुपर्ने राय दिइएको हो । प्रहरीले ठगी, राज्यविरुद्धको कसुर, संठित अपराध र एकीकृत कसूरविरुद्धको सजायमा मुद्दा चलाउन राय दिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले १६ जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । प्रतिवेदनमा आरोपीहरुविरुद्ध छुट्टाछुट्टै चार वटा मुद्दा लगाउनुपर्ने उल्लेख छ । जसमा ठगी, राष्ट्रहित प्रतिकुलको कसुर, कीर्ते र संगठित अपराको मुद्दा चलाउन प्रहरीले राय दिएको हो । सरकारी वकिलले अब कानून बमोजिम सजाय मागदाबी सहित अभियोगपत्र अदालतमा दर्ता गर्नुपर्ने हुन्छ ।
प्रहरीले सोमबार बुझाएको अनुसन्धान प्रतिवेदन अध्ययन सकेर बुधबारसम्ममा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गर्ने तयारी भएको जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले जानकारी दिए । अब हामी मुद्दाको अनुसन्धानको विश्लेषण गर्छौं । आधार प्रमाणहरु हेर्छौं’, उनलेभने, ‘यो आधारमा हामी निर्णय गर्छौं । अदालतमा मुद्दा लाने समय १० गतेसम्म रहेकाले त्यही समयमा प्रतिवेदन हेरेर लैजान्छौं ।
पक्राउ पर्ने र फरार रहेकाहरूको सूची
पक्राउ पर्नेमा पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, कांग्रेसका पूर्व सभासद आङ्टावा शेर्पा, केशव दुलाल, टङ्क गुरुङ, सानु भण्डारी, सागर राई, पूर्व गृहमन्त्री खाँणका निजी सचिव नरेन्द्र केसी, सन्देश शर्मा, सन्दीप रायमाझी, रामशरण केसी र गोविन्द चौधरी, टेकनाथ रिजाल, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई पक्राउ गरेको थियो ।
यस प्रकरणमा प्रहरीले अन्य १६ जना फरार रहेकाहरूको सूची पनि बुझाएको छ । फरार रहेकामा प्रतीक थापा, केशव तुलाधर, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, अशोक पोखरेल, धीरेन राई, निरज राई, दीपा हुमागाई, राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, विनीता लिम्बु, निरञ्जनकुमार खरेल, सुनिल बुढाथोकी, वतन नखुलेकामा गोकुल थापा र रमा थापा रहेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सामुदायिक विद्यालयमा घट्दाे विद्यार्थीबारे राष्ट्रियसभामा पाैडेल गराए ध्यानाकर्षण
- सेयर बजारमा गिरावट
- नीति तथा कार्यक्रम बहुमतले पारित
- यस्तो छ नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठ)
- नीति तथा कार्यक्रम प्रतिनिधिसभामा निर्णयार्थ पेस हुँदै, संसदमा उठेका प्रश्नको प्रधानमन्त्रीकाे जवाफ
- आज सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिँदै
- गाउँ सहर डट कमका पौडेल लेखनाथ पत्रकार मञ्चको अध्यक्षमा सर्वसम्मत
- भारत–पाकिस्तानबीच युद्धविराम, सैन्य कारबाही रोक्न सहमत
- पाकिस्तानसँगको तनावले नेपालको आपूर्तिमा समस्या हुँदैन - भारत
- देशभरीका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ : मन्त्री यादव
प्रतिकृया दिनुहोस