बागमती प्रदेशामा मन्त्रिपरिषद्ले पायो पूर्णता, बढ्यो मन्त्रालय, को को बने मन्त्रि ?
- गाउँ सहर संवाददाता
- ७ जेठ आइतबार, २०८० | १६:३०:०० मा प्रकाशित

हेटौँडा । सत्ता गठबन्धनका दलहरुबीचको लामो कसरतपछि बागमती प्रदेशको मन्त्रिमण्डलले पूर्णता पाएको छ । दलहरुबीच भागबण्डा नमिले पनि अन्ततः प्रदेशको ११ मन्त्रालयमा थप एक मन्त्रालय बनाएर १२ वटा बनाउने गरी सहमति भएको हो ।
सत्तारुढ गठबन्धनबीच मन्त्रालय फुटाएर भागबण्डा टुङ्ग्याउने सहमति भएसँगै आज बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको मन्त्रिपरिषद्लाई पूर्णता दिएको हो ।
प्रदेशमा ११ मन्त्रालय रहेकोमा एउटा मन्त्रालय फुटाएर कुल १२ मन्त्रालय बनाउने सहमति भएको हो । नेपाली कांग्रेसले ६ वटा मन्त्रालय पाएको छ । हाल सरकारमा माओवादी केन्द्रका मुख्यमन्त्रीसहित चार मन्त्री सरकारमा छन् । यस्तै नेकपा एकीकृत समाजवादीले दुई मन्त्रालय पाएको छ । मन्त्रालय फुटाएर कार्यविभाजन नगरुन्जेल कांग्रेसका एक जना मन्त्रीलाई बिना विभागीय बनाइएको हो । संविधाननको धारा १६८ को उपधारा (९) बमोजिम ६ जना मन्त्री नियुक्त गरेसँगै बागमतीको १२ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।
विस्तारित मन्त्रिमण्डलको विस्तार एवम् कार्यविभाजन :
१. शालिकराम जम्कट्टेल, मुख्यमन्त्री, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२. बहादुर सिं लामा (तामाङ), मन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रालय
३. गङ्गा नारायण श्रेष्ठ,मन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्रालय
४. कुमारी मुक्तान, मन्त्री, सामाजिक विकास मन्त्रालय
५. युवराज दुलाल,मन्त्री, भौतिक पूर्वाधार विकास मन्त्रालय
६. तीर्थबहादुर लामा,मन्त्री, खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालय
७. रामकृष्ण चित्रकार, मन्त्री, विना विभागीय
८. डा. राजेन्द्रमान श्रेष्ठ, मन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्रालय
९. लक्ष्मण लम्साल, मन्त्री,श्रम, रोजगार तथा यातायात मन्त्रालय
१०. पुकार महर्जन, मन्त्री, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय
११. उत्तम जोशी,मन्त्री, स्वास्थ्य मन्त्रालय
१२. मसिना खड्का, मन्त्री, वन तथा वातावरण मन्त्रालय

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सामुदायिक विद्यालयमा घट्दाे विद्यार्थीबारे राष्ट्रियसभामा पाैडेल गराए ध्यानाकर्षण
- सेयर बजारमा गिरावट
- नीति तथा कार्यक्रम बहुमतले पारित
- यस्तो छ नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठ)
- नीति तथा कार्यक्रम प्रतिनिधिसभामा निर्णयार्थ पेस हुँदै, संसदमा उठेका प्रश्नको प्रधानमन्त्रीकाे जवाफ
- आज सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिँदै
- गाउँ सहर डट कमका पौडेल लेखनाथ पत्रकार मञ्चको अध्यक्षमा सर्वसम्मत
- भारत–पाकिस्तानबीच युद्धविराम, सैन्य कारबाही रोक्न सहमत
- पाकिस्तानसँगको तनावले नेपालको आपूर्तिमा समस्या हुँदैन - भारत
- देशभरीका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ : मन्त्री यादव
प्रतिकृया दिनुहोस