एमाले बैठकको दोस्रो दिन आज पाँच प्रदेशकाे बाँकी रिपोर्ट प्रस्तुत हुनेे
- गाउँ सहर संवाददाता
- २९ बैशाख शुक्रबार, २०८० | १२:१०:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको कार्यालय च्यासलमा दोस्रो दिनको बैठक सुरु भएको छ । नेकपा एमाले केन्द्रीय कमिटीको पाँचौँ बैठक अन्तर्गतको दोस्रो दिन शुक्रवारको बैठकमा मिसन ग्रासरुट अभियान अन्तर्गत पाँचवटा प्रदेशका बाँकी रिपोर्ट प्रस्तुत हुनेछन् ।
जसमध्ये गण्डकीबाट सचिव पद्मा अर्याल, बागमतीबाट सचिव गोकर्ण विष्ट, सम्पर्क समन्वय कमिटीको प्रतिवेदन स्थायी कमिटी सदस्य तथा इन्चार्ज लालबाबु पण्डित र उपत्यका विशेष प्रदेश कमिटीको प्रतिवेदन पोलिटब्युरो सदस्य तथा इन्चार्ज सुजिता शाक्यले रिपोर्ट प्रस्तुत गर्दैछन् । ‘रिपोर्टहरूमाथि ८ समूहमा छलफल हुने र बैठकसमक्ष प्रदेशका तर्फबाट कार्य योजना पेस हुने र त्यसलाई एकीकृत रूप दिएर वार्षिक कार्य योजना बनाउन शनिवार बिहान स्थायी कमिटी बैठक बस्नेछ । त्यसपछि बस्ने केन्द्रीय कमिटी बैठकमा कार्य योजना प्रस्तुत हुनेछ ।’
रिपोर्टमाथि समूह विभाजन गरी शुक्रवारै छलफल हुने एमालेले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गाउँ सहर डट कमका पौडेल लेखनाथ पत्रकार मञ्चको अध्यक्षमा सर्वसम्मत
- भारत–पाकिस्तानबीच युद्धविराम, सैन्य कारबाही रोक्न सहमत
- पाकिस्तानसँगको तनावले नेपालको आपूर्तिमा समस्या हुँदैन - भारत
- देशभरीका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ : मन्त्री यादव
- निर्माण गर्दागर्दै भत्कियो रामेछापमा पुल
- लायन्स क्लब ३२५ 'ई' को डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरीमा पाेखरेल, ट्रेजररमा र चाैलागाईँ
- पाकिस्तानमा रहेका नेपालीको सुरक्षाप्रति नेपाल सरकार गम्भीर: परराष्ट्र मन्त्रालय
- संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकिँदै (लाइभ)
- नीति तथा कार्यक्रममाथिको छलफल आज अन्तिम दिन
- भारत-पाकिस्तान तनावबारे नेपालकाे यस्ताे छ आधिकारिक धारणा
प्रतिकृया दिनुहोस