वातावरण

माैसम : आज कोशी, मधेस  र बागमती प्रदेशमा बदली हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । 

आज दिउँसो कोशी, मधेस  र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली  रहने छ। देशका पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहनुका साथै तराईका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको  सम्भावना रहेको छ।

आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी भू-भागमा चट्याङ्गसहित  मध्यम वर्षाको  सम्भावना रहेको महाशाखाले छ।

गाउँ सहर संवाददाता

तपाईँको मत