कांग्रेस संसदीय दलको बैठक : बजेटमा उत्पादन, रोजगार र कृषि प्राथमिकतामा
- गाउँ सहर संवाददाता
- १२ बैशाख मंगलबार, २०८० | १६:५५:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकमा सांसदहरूले आगामी बजेटमा शिक्षा, स्वास्थ्य, रोजगारी, पिछडिएका वर्ग, समुदाय र स्थान केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन् ।
मंगलबार बसेको संसदीय दलको बैठकमा सांसदहरूले सो सुझाव दिएका हुन् । अर्थमन्त्री डा.प्रकाशशरण महतलाई जनतामुखी बजेट निर्माण गर्न सुझाव सांसदहरूले दिए । बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले बैठक आगामी वर्षको बजेट निर्माण प्रक्रियामा केन्द्रित भएको बताए ।
सानो पुँजीबाट पनि जनतामुखी कार्यक्रम र योजना ल्याउने विषयमा छलफल भएको उनले बताए । बजेटको सिद्धान्त, प्राथमिकता र आधारका बारेमा सांसदहरूले आफ्नो राय दिएको र पछिपरेका समुदाय, वर्गलाई लक्षित गरेर बजेट निर्माण गर्ने अधिकांश सांसदहरूले माग राखेको बताए ।
उनले महिला, आदिवासी, जनजाति दलित, पिछडिएको क्षेत्र, वर्ग, युवालगायतका क्षेत्रमा बजेट केन्द्रित हुनुपर्ने सांसदले सुझाव दिएका छन् । बैठकमा अर्थमन्त्री महतले जनमुखी बजेट ल्याउने र रोजगार, शिक्षा, स्वास्थ्य, पूर्वाधार, उत्पादन वृद्धि र बजार बिस्तारमा सहज हुनेगरी बजेट निर्माण गर्ने प्रतिबद्धता जनाएको प्रमुख सचेतक लेखकले बताए ।
त्यस्तै, कांग्रेस सांसद राजन केसीले बैठकमा आम नागरिकका आधारभूत अधिकार शिक्षा, स्वास्थ्य, पूर्वाधारमा विशेष ध्यान दिने गरी बजेट निर्माण गर्न सुझाव दिएको बताए । उनले पूर्वाधारको क्षेत्रमा पनि नागरिकको चाहना अनुसारको बजेट निर्माण गर्न सक्नुपर्ने सुझाव आएको बताए ।
सांसद केसीले देशको आर्थिक अवस्था कमजोर भए पनि जनमुखी बजेट निर्माण गर्न सुझाव दिएको बताए । उनले मुलुकमै रोजगारी सिर्जना गर्न, मुलुकको उत्पादन वृद्धि र उत्पादनलाई बजारसम्म लैजाने वातावरण हुने ग्यारेन्टीसहितको बजेट निर्माण हुनुपर्ने माग आएको बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सामुदायिक विद्यालयमा घट्दाे विद्यार्थीबारे राष्ट्रियसभामा पाैडेल गराए ध्यानाकर्षण
- सेयर बजारमा गिरावट
- नीति तथा कार्यक्रम बहुमतले पारित
- यस्तो छ नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठ)
- नीति तथा कार्यक्रम प्रतिनिधिसभामा निर्णयार्थ पेस हुँदै, संसदमा उठेका प्रश्नको प्रधानमन्त्रीकाे जवाफ
- आज सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिँदै
- गाउँ सहर डट कमका पौडेल लेखनाथ पत्रकार मञ्चको अध्यक्षमा सर्वसम्मत
- भारत–पाकिस्तानबीच युद्धविराम, सैन्य कारबाही रोक्न सहमत
- पाकिस्तानसँगको तनावले नेपालको आपूर्तिमा समस्या हुँदैन - भारत
- देशभरीका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ : मन्त्री यादव
प्रतिकृया दिनुहोस