तनहुँ–१ : १७ वडाको मतगणना सकियो, कसको कति मत ?
- गाउँ सहर संवाददाता
- ११ बैशाख सोमबार, २०८० | १२:१४:०० मा प्रकाशित
तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्लेले २३हजार १मत गणना गर्दा दोब्बर बढी मतले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार वाग्लेले ११ हजार ६ सय ७७ मत प्राप्त गरे ।
वाग्लेलाई पछ्याइरहनु भएका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ६हजार ७८७ मत प्राप्त गरेका छन् । भट्टराईलाई सत्ता गठबन्धनका दलहरुको समेत समर्थन रहेको छ ।
त्यसैगरी एमालेका उम्मेदवार सर्वेन्द्र खनाल ३ हजार८०२ मत पाउँदै तेस्रो स्थानमा रहेका छन् । कुल ४२ वडा रेहको यस क्षेत्रमा अहिलेसम्म १७वडाको मत गणना सकिएको आयोगले जनाएको छ ।
निर्वाचन कार्यालय अनुसार तनहुँ-१ मा १ लाख २३ हजार ३०५ मतदाता रहेकोमा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७५७ मत खसेको थियो ।
गएरातिदेखि सुरु भएको तनहुँको मतगणना जिल्ला समन्वय समितिको कार्यालय दमौलीमा भइरहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस