गाउँ सहर

आज अक्षय तृतीया, सातु र सर्वतले धर्म संस्कृति मात्र होइन, स्वास्थ्य पनि राम्रो

काठमाडौं । वैशाख शुक्ल तृतीया अर्थात् आइतबार अक्षय तृतीया। सनातन धर्मावलम्बीका लागि विशेष दिन।

अक्षय तृतीयालाई सत्ययुगादि तिथि पनि मानिएको छ। त्रेतायुगको आरम्भ यही दिनबाट भएको पौराणिक ग्रन्थहरूमा उल्लेख छ। 

अक्षय तृतीयाका दिन पवित्र तलाउ र नदीमा स्नान गरी भगवान् विष्णुको पूजा आराधना गर्ने विधान छ। ब्रह्मा–विष्णु–महेश्वरको आवाहन गरी घडा र जौको सातुलगायत शीतलता प्रदान गर्ने वस्तु दान गर्नाले अक्षय फल प्राप्त हुने पुराणमा उल्लेख छ। यस्तै छाता, जुत्तालगायत वस्तु पनि दान गर्ने परम्परा छ।

पुण्य मिल्ने विश्वासमा बाटोमा सर्वत र सातु राखेर बटुवालाई खुवाउने परम्परा पनि छ। गर्मीयाम भएकाले जौको सातु र सर्वत खाँदा शरीरलाई फाइदा गर्ने आयुर्वेदमा उल्लेख छ।

अक्षय तृतीयाकै दिन भगवान् शिव पार्वतीको विवाह भएको पुराणमा उल्लेख छ। त्यसैले यो दिन शुभकर्म गर्न साइत हेराइरहनुपर्दैन भन्ने मान्यता छ।

भगवान् विष्णुका छैटौँ अवतार परशुराम जयन्ती भने शनिबार नै मनाइएको छ। यो पर्व पनि वैशाख शुक्ल तृतीयाकै दिन मनाइन्छ।

आइतबार ७.४० घडीपला अर्थात् बिहान ८ बजेर ३८ मिनेटसम्म तृतीया तिथि रहेको पञ्चांगमा उल्लेख छ।

सातु र सर्वतले धर्म संस्कृति मात्र होइन, स्वास्थ्य पनि राम्रो

कतैकतै सातु र सर्वतसहित खुदो र मह पनि खाने चलन छ । दालचिनी, ल्वाङ, सुकुमेल, अलैंची, मह, चिनी, सख्खर र मिस्रीमध्ये एक चिज सर्वतसँगै र जौको सातु दान गरिएको छ । बुढाबुढीलाई छाता लौरो र कपडाको जुत्ता दान गर्ने तथा गच्छे भए गाई जमिन अत्र र सुन पनि सत्पात्रलाई दान दिइने परम्परा छ ।

यसै दिन कैलाशवासी महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ । अक्षय तृतीयाका दिन विवाह गर्न लगन जुराइरहनुनपर्ने भएकाले धेरै स्थानमा विवाह कर्म भएको छ । अक्षय तृतीयाका बेला सेवन गरिने खाद्यवस्तुले गर्मीयाममा शरीरलाई स्वस्थ राख्न र पानीको मात्रा धेरै बनाउन मद्दत पु¥याउने विश्वास छ । शास्त्रीय विधानअनुसार दियो, कलश र गणेशलाई पूजा गरेर कलशमाथि अष्टदल लेखेको तामाको थाली राखेर अष्टदलमा पूजा गरिन्छ । हिन्दुशास्त्रअनुसार वर्षभरिमा कैयौं विशेष योगहरू पर्छन् । तीमध्ये एउटा महायोगको नाम हो अक्षय तृतीया । यो महायोग वर्षमा केवल एकपटक मात्र पर्दछ ।

ज्योतिषका अनुसार यस दिनमा गरिएका सबै सत्कर्मको अक्षय पुण्य प्राप्त हुन्छ । जप, तप, होम, यज्ञलगायत कुनै पनि शुभकार्य गर्न अक्षय तृतीयाका दिनलाई उत्तम मानिन्छ । अक्षय तृतीयाका दिन कुनै पनि नयाँ कार्यालय, संस्था खोल्नु पनि शुभ मानिन्छ । वर्षको सबभन्दा पवित्र दिन हुनाले अक्षय तृतीयालाई’ बिघ्नविनाशक दिन’ पनि भनिन्छ । गर्मी महिनाको यस दिन भगवानको पूजा, आराधना, दान गर्ने र सातुसर्वत खुवाउने, खानेपानीको व्यवस्था गर्नेजस्ता काम सुस्वास्थ्य र परोपकारका दृष्टिबाट उपयोगी र महत्वपूर्ण मानिन्छ । हिन्दु कालगणनानुसार चार स्वयं सिद्ध मुहूर्तहरू छन् तीमध्ये एक हो ‘अक्षय तृतीया’ । अक्षयको अर्थ हुन्छ कहिल्यै क्षय नभएर स्थायी रहोस् । यस दिन यो वर्ष विवाह भएका नवदम्पतीलाई सातु सर्वत दान गरिन्छ ।

पौराणिक कथाअनुसार विष्णुले परशुराम अवतार लिएकाले यो दिनलाई परशुराम जयन्तीका रूपमा पनि मनाइन्छ । परशुरामलाई विष्णुका दशावतारमध्ये एक मानिन्छ । अष्ट चिरन्जीवीमा परशुराम पनि एक हुन् । उनको आयुको क्षय भएन त्यसैले यस तिथिलाई चिरञ्जीवी तिथि पनि भन्ने गरिन्छ । चार युगमा सत्य युग र त्रेता युगको प्रारम्भ यसै तृतीया तिथिबाट भएको भनाइ चल्दै आएको छ । यसकारणले यस तिथिलाई ‘युगादितिथि’ पनि भनिन्छ ।

चार धाममध्ये एक बद्रीनाथधामको ढोका यसै दिन अर्थात् अक्षय तृतीय तिथिकै दिन खोलिन्छ । भनिन्छ, यस शुभतिथिमा गरिएका दान पूजन हवन दक्षिणा या कुनै पुण्य कार्य अक्षय फल प्रदान गर्ने किसिमको हुन्छ । यो एक स्वयं सिद्ध मुहूर्त हो । यो कुनै पनि शुभ कार्य गर्नका लागि सबभन्दा राम्रो तिथि हो । वेदव्यासले यसै दिन महाभारतको रचना प्रारम्भ गरेका थिए । कुनै पनि शुभ वा मांगलिक कार्य यसै दिन सम्पत्र गर्न सकिन्छ । भगवान नारायण हयगृव एवं परशुरामको जन्म यसै तिथिमा भएको धार्मिक ग्रन्थमा उल्लेख छ । अक्षय तृतीयाका दिन रोहिणी नक्षत्र परेन भने दुष्टको बलबृद्धि हुन्छ । यस दिन जलले भरिएका कलश जुत्ता, गाई, भूमि स्वर्णपात्रको दान गर्नुपर्छ । अक्षय फल प्राप्ति होस् भत्रे कामनाका साथ यस तिथिमा पितृतर्पण गरिन्छ ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत