३११ रनको लक्ष्यमा नेपालको पाँचौ विकेट गुम्यो, २०० रन पूरा
- गाउँ सहर संवाददाता
- २ चैत बिहीबार, २०७९ | १६:४५:०० मा प्रकाशित

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत आजको अन्तिम खेलमा नेपाल र युएईबीच प्रतिस्पर्धा भइरहेको छ । खेलमा युएईले जितका लागि नेपाललाई ३११ रनको लक्ष्य दिएको छ । नेपालले ३५.३ ओभरमा महत्वपूर्ण ५ विकेट गुमाउँदै २०० रन पूरा गरेको छ ।
युएईले दिएको ३११ रनको लक्ष्य पछ्याएको नेपालले राम्रो ब्याटिङ गरेको छैन। टिमको स्कोर १०० रन हुँदा आफ्ना महत्वपूर्ण ४ विकेट गुमाएको थियो । १० ओभरमा ३ विकेट गुमाउँदै ५२ रन बनाएको थियो। त्यसपछि थप ५० रन बनाउँदा चौथो विकेट गुमायो।
६७ रन बनाएर खेलिरहेका भीम सार्की ३१ औं ओभरको अन्तिम बलमा आउट भएर नेपालले पाँचौ विकेट गुमाएयो। । ७६ बल खेलेका उनले ९ चौकासहित अर्धशतक पूरा गरेका छन्।
६० बलमा अर्धशतक पूरा गरेका सार्कीले ९ चौकासहित ६७ रन बनाए। उनले आरिफ शेखसँग ८३ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपालको इनिङ्स उकासे। शेखले ४१ रन बनाएर खेलिरहेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
प्रतिकृया दिनुहोस