प्रुडेन्सियल इन्स्योरेन्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ४ करोड १ लाखभन्दा बढी कमायाे
- गाउँ सहर संवाददाता
- १ फाल्गुण सोमबार, २०७९ | १६:३३:०० मा प्रकाशित

काठमाडौँ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ४ करोड १ लाखभन्दा बढी खुद नाफा गरेको छ ।
गत वर्षको यसै अवधिसम्मको तुलनामा भने कम्पनीको खुद नाफा ४३ दशमलव २४ प्रतिशत कम भएको हो ।
गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ७ करोड ७ लाखभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको आम्दानी करीब ३८ प्रतिशत कम हुँदा खुद नाफामा असर परेको हो ।
गत वर्ष रू. १२ करोड २५ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ७ करोड ६४ लाखभन्दा बढी मात्र आम्दानी गरेको हो । खर्च भने गत वर्षभन्दा करिब ३० प्रतिशत कम रू. ३ करोड ६२ लाख भएको छ । ७ प्रतिशत बोनस शेयरमार्फत चुक्तापूँजी बढाएर रू. १ अर्ब १८ करोड ६१ लाख ४५ हजार पु-याएको कम्पनीको जगेडा कोष रू. २८ करोड ५९ लाखभन्दा बढी र बीमा कोष रकम रू. ६९ करोड ८९ लाखभन्दा बढी रहेको छ ।
दोस्रो त्रैमाससम्म कम्पनीको कुल बीमाशुल्क गत वर्षभन्दा ४ प्रतिशत कम रू. ६४ करोड ३७ लाखभन्दा बढी छ । यस अवधिसम्म कम्पनीले गत वर्षभन्दा ११ प्रतिशत बढी रू. ३६ करोड ५२ लाख कुल दाबी भुक्तानी गरेको छ । दोस्रो त्रैमाससम्म प्रतिशेयर आम्दानी रू. १३ दमलव ५५ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १८५ दशमलव ३० रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिँदै
- गाउँ सहर डट कमका पौडेल लेखनाथ पत्रकार मञ्चको अध्यक्षमा सर्वसम्मत
- भारत–पाकिस्तानबीच युद्धविराम, सैन्य कारबाही रोक्न सहमत
- पाकिस्तानसँगको तनावले नेपालको आपूर्तिमा समस्या हुँदैन - भारत
- देशभरीका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ : मन्त्री यादव
- निर्माण गर्दागर्दै भत्कियो रामेछापमा पुल
- लायन्स क्लब ३२५ 'ई' को डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरीमा पाेखरेल, ट्रेजररमा र चाैलागाईँ
- पाकिस्तानमा रहेका नेपालीको सुरक्षाप्रति नेपाल सरकार गम्भीर: परराष्ट्र मन्त्रालय
- संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकिँदै (लाइभ)
- नीति तथा कार्यक्रममाथिको छलफल आज अन्तिम दिन
प्रतिकृया दिनुहोस