गाउँ सहर

गगन थापा भन्छन् : बिदाका नाममा यो अराजकता अति भयो

कामठाडाैं । सरकारले जनयुद्ध दिवसको अवसर पारेर सार्वजनिक बिदा दिएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरु असन्तुष्ट देखिएका छन् ।

बिदाकाे विषयमा नेपाली कांग्रेसमा महामन्त्री गगन कुमार थापाले अराजकता हुन थालेकाे बताएका छन् । 

कहिले लहडमा, कहिले भावावेगमा, कहिले सत्ता जोड घटाउमा, कहिले कसैलाई चित्त बुझाउन त कहिले आफ्नो राजनीतिक स्वार्थको लागि सार्वजनिक बिदा दिन थालिएकाे भन्दै स्वेच्छाचारिता झन् बढ्दै बताए ।

उनले सामाजिक सञ्जालमार्फत बिदाकाे बिराेध गरेका छन् । 

पछिल्ला दिनमा कार्यकारीको तजबिजमा सार्वजनिक बिदा दिने क्रम सीमाहीन भएको छ। कहिले लहडमा, कहिले भावावेगमा, कहिले सत्ता जोड घटाउमा, कहिले कसैलाई चित्त बुझाउन त कहिले आफ्नो राजनीतिक स्वार्थको लागि । झन् प्रदेश र स्थानीय तहमा त पार्टीका कार्यक्रम र पारिवारिक विषयमा समेत सजिलै बिदा घोषणा गरेका उदाहरण छन्। यो नितान्त कार्यकारीको स्वेच्छाचारी मनोविज्ञानको उपज हो । सार्वजनिक बिदाका नाममा यो अराजकता अति भयो !

कार्यकारीको यस्तो स्वेच्छाचारितालाई नियमन गर्न उसैलाई जिम्मा दिनुको के अर्थ ? कार्यकारी स्वेच्छाचारितालाई रोक्ने व्यवस्थापिकाले हो। यो विषयमा छुट्टै कानुन बनाएर नियमन र व्यवस्थित गर्दा मात्र यो रोक्न सकिन्छ । न्युजिल्यान्ड, जापान लगायत विश्वका थुप्रै देशहरूमा सार्वजनिक बिदा सम्बन्धी कानुन छ, त्यसैका आधारमा बिदा तय गरिन्छ। नेपालमा पनि कानुन बनाएर नियमन नगर्ने हो भने यस्तो स्वेच्छाचारिता झन् बढ्दै जाने निश्चित छ ।

अब संसदमा तत्कालै गर्नुपर्ने विषयमा यसलाई राखौँ। सार्वजनिक बिदालाई निश्चित गर्न र कुनै पनि तहको सरकारले स्वेच्छाचारी ढङ्गबाट बिदा दिन नपाउने गरि ऐन बनाउन सरकारलाई दबाब बढाऔँ, अन्यथा सांसदहरू आफैँले कानुन निर्माणको अग्रसरता लिउँ । यसका लागि नेपाली कांग्रेसले पहलकदमी लिनेछ ।

तत्कालीन विद्रोही नेकपा माओवादीले सशस्त्र विद्रोह सुरु गरेको दिनमा सरकारले सार्वजनिक विदा दिएपछि कांग्रेसको इतर समूहका नेताहरू आलोचनामा उत्रिएका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्ध दिवसका रूपमा आज (फागुन १ गते) सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

२०५२ फागुन १ गते सुरु भएको जनयुद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो। मन्त्रिपरिषद् बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिएको हो ।

सरकारले सार्वजनिक बिदा दिएपछि कांग्रेसको इतर समूहको नेतृत्व गर्दै आएका नेता डा. शेखर कोइरालासँगै नेतात्रय डा. मिनेन्द्र रिजाल, डा. चन्द्र भण्डारी र गुरु घिमिरेले सरकारको आलोचना गरेका छन् । 

 

गाउँ सहर संवाददाता

तपाईँको मत