गाउँ सहर

साढेसातीको प्रभाव कम गर्ने उपाय, शनिदेवलाई प्रसन्न गराउन सके ग्रह दशा हट्ने धार्मिक विश्वास

काठमाडाैं । शनिबार भगवान शनिदेवको पूजा आराधना गर्ने दिन । शनिदेवलाई प्रसन्न गराउन सके प्रसन्न हट्ने धार्मिक विश्वास छ । यसै विश्वासका आधारमा शनिवार सबेरै मानिसहरु नुवाईधुवाई गरेर विभिन्न मठ मन्दिरमा गएर शनिदेवको पूजा गर्ने तथा पिपलमा जल समेत अर्पण गर्ने गर्दछन् ।

ब्रमाण्डका नौ ग्रहहरूमा शनिलाई न्यायाधीश मानिन्छ । त्यसैले उनको पूजा आराधना गर्नाले मनमा शान्ति परिवारमा सुख तथा काममा सफलता मिल्ने धार्मिक विश्वास छ । शनिलाई उपयुक्त पूजाविधीले प्रसन्न बनाउन सके साढेसाती दशाको प्रभाव समेत कम पार्न सकिने बताइन्छ ।

ज्योतिषीहरुका अनुसार साढेसाती दशाले ठूलो अनिष्ठ निम्त्याउँछ । शनिको दशा र बक्र दृष्टि परेमा शारीरिक र मानसिक कष्ट झेल्नुपर्ने हुन्छ भने विभिन्न रोगले समेत सताउने बताइन्छ ।

यस्तो अवस्थामा साढेसाती दशाको प्रभाव कम गर्न शनिदेवको उपयुक्त विधीले पूजाआजा गर्न जरूरी रहेको ज्योतिषीहरुले बताएका छन् । विभिन्न ज्योतिषीहरुले विभिन्न माध्यमबाट व्यक्त गरेको सुझावलाई आधार मानेर यहाँ साढेसातीको प्रभाव कम गर्न केही उपाय प्रस्तुत गरिएको छ ।

  • भरसक सूर्य उदाउनु भन्दाअघि हरेक शनिबार शनिको पूजा गर्ने ।
  • पिपलको बोटमा जलअपर्णसहित विशेष पूजा गर्ने ।
  • खुर्सानीमा पानी छर्कनु पनि राम्रो मानिन्छ ।
  • शनिबार कालो तिल दान गर्नुहोस्।
  • शनिबार पारेर फलामका सामाग्री शनिदेवको मन्दिरमा चढाउनोस् ।
  • छालाका जुत्ता र चप्पल पनि दान गर्दा प्रयोग नगर्ने ।
  • शनिबार हनुमान चालीसाको पाठ गर्नोस् । 

गाउँ सहर डेस्क

तपाईँको मत