वातावरण

शनिवारीय माैसमी पूर्वानुमान-यस्ताे छ

काठमाडौं । देशका केही भू-भागमा आज पनि मौसममा बदली भएको छ । पश्चिमी वायूको न्यून चापीय प्रभाव नेपालमा पनि परेको हो ।

आज प्रदेश नं. १, गण्डकी,  कर्णाली र सुदूर पश्चिम प्रदेशका  पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली भई थोरै स्थानमा हिमपातको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आइतबार पनि राति प्रदेश नं. १, कर्णाली, सुदूरपश्चिमका साथै गण्डकीका केही उच्च पहाडी तथा हिमाली भू-भागमा पनि हिमपात हुने सम्भावना छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत