सिटिजन लाइफ चन्द्रगढीले गर्याे दाबी भुक्तानी
- गाउँ सहर संवाददाता
- २१ माघ शनिबार, २०७९ | २०:५९:०० मा प्रकाशित

बिर्तामाेड, झापा । सिटिजन लाइफ इन्स्याेरेन्स कम्पनी चन्द्रगढी शाखाले ८ लाख ५० हजार दाबी भुक्तानी गरेकाे छ । चन्द्रगढी शाखाले माँ लक्ष्मी साकाेसका शेयर सदस्य तथा ऋणी प्रमु शाहकाे मृत्यु दाबी भुक्तानी गरेकाे हाे । माँ लक्ष्मी बचत तथा ऋण सहकारी संस्था बिर्तामाेडले मृतकका छाेरा अरूण कुमार शाहलाई साे रकम हस्तान्तरण गरेकाे छ । साे कार्यक्रममा माँ सहकारीका अध्यक्ष लगायत नव-निर्वाचित कार्यसमिति तथा सिटिजन लाइफका तर्फबाट क्षेत्रीय शाखा प्रमुख उत्तम काेइराला र चन्द्रगढी शाखा प्रमुख विपीन राइकाे उपस्थिति थियाे ।
चेक हस्तान्तरण कार्यक्रममा सिटिजन लाइफका तर्फबाट क्षेत्रीय शाखा प्रमुख काेइरालाले छिटाे तथा सरल ढंगले दाबी भुक्तानी दिनु नै सिटिजन लाइफकाे विशेषता रहेकाे जानकारी दिए ।
त्यस्तै सहकारीका अध्यक्ष देवेन्द्र कुमार सिंहले सिटिजन लाइफलाई धन्यबाद दिए ।
त्यसैगरि निवर्तमान अध्यक्ष तथा नवनिर्वाचित बिर्तामाेड जेसिजका अध्यक्ष घनश्याम चाैधरीले बिमीतलाई साे रकमले मलमपट्टीकाे काम गर्ने बताए ।
साथै सिटिजन लाइफ चन्द्रगढी शाखा प्रमुख बीपीन राइले प्रदान गर्ने विभिन्न याेजनाहरूकाे बारेमा जानकारी दिए ।
साे कार्यक्रम संस्थाका व्यस्थापक दिपक साफीले सञ्चालन गरेकाे थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिँदै
- गाउँ सहर डट कमका पौडेल लेखनाथ पत्रकार मञ्चको अध्यक्षमा सर्वसम्मत
- भारत–पाकिस्तानबीच युद्धविराम, सैन्य कारबाही रोक्न सहमत
- पाकिस्तानसँगको तनावले नेपालको आपूर्तिमा समस्या हुँदैन - भारत
- देशभरीका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ : मन्त्री यादव
- निर्माण गर्दागर्दै भत्कियो रामेछापमा पुल
- लायन्स क्लब ३२५ 'ई' को डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरीमा पाेखरेल, ट्रेजररमा र चाैलागाईँ
- पाकिस्तानमा रहेका नेपालीको सुरक्षाप्रति नेपाल सरकार गम्भीर: परराष्ट्र मन्त्रालय
- संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकिँदै (लाइभ)
- नीति तथा कार्यक्रममाथिको छलफल आज अन्तिम दिन
प्रतिकृया दिनुहोस