धनगढीमा खुल्यो कन्स्ट्रक्सन सोलुसन्सको नयाँ शाखा
- गाउँ सहर संवाददाता
- १३ माघ शुक्रबार, २०७९ | १५:५२:०० मा प्रकाशित
काठमाडौँ । हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो सेवा एवं सुविधाहरू आफ्ना ग्राहकहरूमाझ विस्तार गर्न धनगढीमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा धनगढी वडा नं १३, मोहनपुर, गेटा, कैलालीमा खुलेको हो । धनगढी शाखामा कम्पनीको 'थ्रि एस' सेवा अन्तर्गत: सेल्स, सर्भिस र स्पेयर पाटपूर्जा सम्बन्धी सम्पूर्ण सेवाहरू प्राप्त गर्न सकिनेछ ।
शाखा विस्तारसँगै नेपालको सर्वाधिक बिक्री हुने हुन्डाइको एक्स्काभेटरहरू, चट्टान तथा अरू हेभि पद्धार्थ फुटाउनका लगि 'जिसुङ र रामर' ब्रान्डका हाइड्रोलिक रक ब्रेकरहरू, साथै विश्वको नम्बर एक 'एम्. बि. बकेट क्रसर' पनि त्यहाँबाट सहजरूपमा खरिद गर्न सकिने छ । यससँगै निर्माण व्यवसायी तथा इक्विप्मन्ट अपरेटरहरूले भरपर्दो हेभि इक्विप्मन्ट किन्न टाढा गइरहनुपर्ने छैन । साथै हेभि इक्विप्मन्टको मर्मत तथा पार्टपूर्जा पनि धनगढी शाखाबाटै सहज रूपमा प्राप्त गर्न सकिने छ ।
हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्ट, नेपालको हेभि निर्माण उपकरण बजारमा महत्वपूर्ण हिस्सा ओगटेको कम्पनी हो । कम्पनीले उच्च पर्फमेन्स गर्ने 'नेपालको नम्बर १ एक्स्काभेटर' को बिक्री वितरण गर्दछ । हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टका उपकरण लामो समयदेखि निर्माण, युटिलिटि, उत्खनन् एवं खानी उद्योगहरूको लागि प्रमुख इक्विप्मन्टको रूपमा रहँदै आएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
प्रतिकृया दिनुहोस