छोरीको विवाहमा उपहार - जीवन बीमा पाेलिसी
- गाउँ सहर संवाददाता
- ९ माघ सोमबार, २०७९ | १७:३५:०० मा प्रकाशित
धरान । छाेरीकाे विवाहमा बाबुआमाले सामन्यतया घरायसी सामान तथा नगद उपहार दिने प्रचलन छ तर धरानमा एक परिवारले भने बीमा पाेलिसी पनि उपहार दिएका छन् ।
धरान –१५, सुनसरी निवासी कमला राईले आफ्नी जेठी छोरी रुबिना राईको विवाहमा जीवन बीमा योजना उपहार दिएकी छन् ।
माघ ६ गते भएको विवाहमा कमलाले आफ्नी छोरी रुबिना राई र ज्वाइँ सञ्जित लिम्बुलाई वैवाहिक जीवनको शुभकामना प्रदान गर्दै प्रभु लाइफ इन्स्योरेन्सको उक्त जीवन बीमा योजना उपहार दिएकी हुन् ।
आफ्नो छोरीको विवाहका अवसरमा सुनिश्चित र निर्धक्क जीवनयापनार्थ उक्त उपहार दिएको कमलाले बताइन् । उनले जीवन बीमा योजना उपहार दिँदा यसले विशेष महत्व राख्ने र नयाँ संस्कारको सुरुवात हुने विश्वास व्यक्त गरिन् ।
कमला प्रभु लाइफ इन्स्योरेन्सको धरान शाखाअन्तर्गत बीमा अभिकर्ता वरिष्ठ एजेन्सी म्यानेजर पनि हुन् ।
'समाज परिवर्तन आफैबाट हुनुपर्छ,' उनले जीवन बीमा पोलिसी हस्तान्तरण गर्दै भनिन् ।
वैवाहिक कार्यक्रममा स्थानीय, आफन्त, पाहुनाका साथै प्रभु लाइफ इन्स्योरेन्सका तर्फबाटप्रदेश १ प्रमुख पुष्कर भट्टराई र धरान शाखा प्रमुख सन्तोष राई एवं अभिकर्ताहरुको उपस्थिती रहेको थियो ।
जीवन बीमा उपहार प्रदान गरेकोमा प्रदेश प्रमुख पुष्कर भट्टराईले बधाई तथा नयाँ संस्कारको सुरुवात गरेको भन्दै धन्यवाद व्यक्त गरे ।
धरान शाखा प्रमुख सन्तोष राईले जीवन बीमा गर्नलाई धेरै ठूलो आर्थिक स्रोत चाहिन्छ भन्ने हुन्न, भईरहेको आम्दानीबाट हुने खर्चलाई व्यवस्थापन गरेर पनि सहजै जीवन बीमा गर्न सकिने बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
प्रतिकृया दिनुहोस