बडस्, ज्ञान ज्योति, के एम ए र नेशनल क्रियशन भलिबलको फाइनलमा
- गाउँ सहर संवाददाता
- २२ मङ्सिर बिहीबार, २०७९ | १९:३९:०० मा प्रकाशित
कास्की । एन-प्याव्सन कास्कीद्वारा आयोजित खेल महोत्सव अन्तर्गत छात्रा भलिबल तर्फ सेमीफाइनल र फाइनल खेल शुक्रबार हुने भएको छ ।
तिन दिन देखि पोखरा रंगशालामा जारी प्रतियोगितामा अन्तिम चार टिमको टुङ्गो लागे संगै सेमीफाइनल र फाइनल खेल शुक्रबार हुने एन प्याब्सन कास्कीले जनाएको हो । १३ औँ एन-प्याब्सन स्पोर्टस मिट अन्तर्गत जारी खेल महोत्सवमा भएको छात्रा भलिबलतर्फ ज्ञान ज्योती, वड्स एकेडेमी, नेशनल क्रियशन र कास्की मोर्डनाइज्ड सेकेण्डरी स्कुल अन्तिम चारमा पुगेका छन् ।
शुक्रबार हुने सेमीफाइनलमा पहिलो खेलमा ज्ञान ज्योतीले वड्स एकेडेमीको सामना गर्नेछ भने दोश्रो खेलमा नेशनल क्रियशन र कास्की मोर्डनाइज्ड भिड्ने भलिबल प्रतियोगिताका संयोजक प्रकाश राज वाग्लेले जनाएका छन् ।
प्रतियोगिता अन्तर्गत ज्ञान ज्योतीले सिद्धार्थ लभडेललाई २–० को सोझो सेटमा र वड्स एकेडेमीले डायमण्डलाई २–० ले, नेशनल क्रियशनले अक्सफोर्डलाई २–० र कास्की मोर्डनाइज्डले त्रिवेणी पव्लिकलाई २–० को सोझो सेटमा पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेका हुन् ।
बिहिबार भलिबलतर्फ १० खेल सम्पन्न भएका छन् । शुक्रबारनै एन प्याब्सन कास्कीको खेल महोत्सव समेत सम्पन्न हुनेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
- भोटेकोशी बाढीबाट भएको क्षतिमा २० अर्ब ९० करोडको बीमा दाबी, भुक्तानी २३ करोड मात्रै
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस