शिक्षा

जोरपाटी लायन्स क्लब तथा ज्ञान ज्योति फाउन्डेसनद्वारा शैक्षिक सामाग्री वितरण

  • १० श्रावण शुक्रबार, २०७६ | १७:२०:०० मा प्रकाशित

काठमाडाैं । लायन्स क्लब अफ काठमाडौं जोरपाटी र ज्ञान ज्योति फाउन्डेसनले आलापोटकाे विद्यालयमा शैक्षिक सामाग्री बितरण गरेकाे छ । 

कागेश्वारी मनहरा नगरपालिका- २, आलापोटस्थितबाल विकास माध्यमिक विद्यालयमा १४० जना विद्यार्थीहरुको लागि १४०० थान कापी वितरण गरिएकाे लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्टिक्ट ३२५ ए१, का पूर्व  गभर्नर एवम् नेपाल भलिबल संघको केन्द्रीय उपाध्यक्ष कुमारराज सुवेदीले बताए । 

साथै पुस्तकालयको निमित्त करिब ४०० वटा पुस्तकहरु पनि हस्तान्तरण गरिएकाे थियाे । 

समाजसेवी सुवेदीले भने- 'सामुदायिक विद्यालयको शैक्षिक स्तर उन्नति भएर जबसम्म सामुदायिक विद्यालयका शिक्षक,कर्मचारी र सबै बर्गका विद्यार्थी पढ्न आउने वातावरण हुँदैन तबसम्म सामुदायिक विद्यालयको उद्देश्य पूरा हुदैन र सम्मुन्नत समाज निर्माण हुनसक्दै त्यसैले हामीहरुले सामुदायिक विद्यालयको स्तर उन्नति पहल अभियान अन्तर्गत यो सहकार्यको कार्यक्रम थालनी गरेका हाैं । याे कार्यक्रम निरन्तर चलिरहनेछ ।'

जोरपाटी लायन्स क्लब तथा ज्ञान ज्योति फाउन्डेसनले सामुदायिक विद्यालयहरुको स्तर उन्नति पहल अभियान अन्तर्गत विभिन्न सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री बितरण गर्दै  आएको छ । 

तपाईँको मत