कति छ त राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको विदेशी विनिमय दरभाउ ?
- गाउँ सहर संवाददाता
- २२ मङ्सिर बिहीबार, २०७९ | ११:०८:०० मा प्रकाशित

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर ६ पैसाले ओरालो लागेर एक अमेरिकी डलरको खरिद मूल्य १३१ रुपैयाँ ६६ पैसा र बिक्री मूल्य १३२ रुपैयाँ २६ पैसा कायम रहेको को छ ।
अघिल्लो दिन एक अमेरिकी डलरको खरिद मूल्य १३१ रुपैयाँ ८९ पैसा र बिक्री मूल्य १३२ रुपैयाँ ४९ पैसा रहेको थियो । युरोपियन युरोमा ६३ पैसाले ओरालो लागेर एकको खरिददर १३८ रुपैया २ पैसा बिक्रीदर १३८ रुपैयाँ ६५ पैसा कायम छ । बुधबार भने युरोपियन युरो एकको खरिददर १३८ रुपैया ४४ पैसा बिक्रीदर १३९ रुपैयाँ ७ पैसामा कारोबार भएको थियो ।
अष्ट्रेलियन डलरको खरिदर ८७ रुपैयाँ ९५ पैसा र बिक्रीमा ८८ रुपैयाँ ३५ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ । क्यानेडियन डलर ४३ पैसाले ओरालो लागेर सोको खरिददर ९६ रुपैयाँ १७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६० पैसा कायम रहेको छ । अघिल्लो दिन क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ९० पैसा र बिक्री दर ९७ रुपैयाँ ३४ पैसा रहेको थियो।
सिंगापुर डलर ४५ पैसाले घटेर सोको खरिद दर ९६ रुपैयाँ ८४ पैसा र बिक्री दर ९७ रुपैयाँ २९ पैसा रहेको छ। बुधबार भने सिंगापुर डलरको खरिद दर ९७ रुपैयाँ १९ पैसा र बिक्री दर ९७ रुपैयाँ ६३ पैसा रहेको थियो ।
जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ५८ पैसा र बिक्रीमा ९ रुपैयाँ ६२ पैसा, चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ ८६ पैसा र बिक्री दर १८ रुपैयाँ ९४ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३५ रुपैयाँ र बिक्रीमूल्य ३५ रुपैयाँ १७ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ र बिक्रीदर ३६ रुपैयाँ २० पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३० रुपैयाँ ८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस