नवलपुरमा सवारी दुर्घटना हुँदा १७ जना घाइते
- गाउँ सहर संवाददाता
- २२ मङ्सिर बिहीबार, २०७९ | १०:५९:०० मा प्रकाशित

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहान ५ बजे बस र ट्रक एकापसमा ठोक्किएको थियो ।
बागलुङबाट भैरहवाका लागि छुटेको लु१ख ४६७० नम्बरको बस र पश्चिमबाट छुटेको लु२ख ८९३ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले बताए ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ । बसमा ३० जना सवार रहेकोमा अन्य यात्रु भने सकुसल रहेको पाठकले बताए ।
बस र ट्रक ठोक्किएपछि अहिले उक्त स्थानमा एकतर्फरुपमा मात्रै यातायात सञ्चालन भएको छ । दुर्घटनामा परेका सवारी हटाएपछि मात्र दुईतर्फीरुपमा सवारी सञ्चालनमा आउने उनले बताए।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रविको नागरिकता अवैध ठहर गर्ने सर्वोच्चको आदेशमा यस्ताे छ (फैसलाको पूर्णपाठ)
- गृहमन्त्री रवि लामिछानेको नागरिकता सर्वाेच्चद्वारा अवैध ठहर, सांसद पद गयाे
- विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गर्दै ग्लोबल आइएमई बैंक
- राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा २८ खेलाडी, परेनन् सन्दीप र देव
- गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको फैसला हुँदै
- माघ २३ मा राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन हुने
- धनगढीमा खुल्यो कन्स्ट्रक्सन सोलुसन्सको नयाँ शाखा
- गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे सुनुवाइ सकियो
- जयराम हुमागाई र सीता दुलालकाे सांगीतिक काेशेली ‘किस्ता किस्ता गरेर नलुट’ [भिडियोसहित]
- माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु
प्रतिकृया दिनुहोस