राजनीति
गुल्मीमा कांग्रेसका भण्डारी अघि-अघि, एमालेका ज्ञवाली पछि-पछि
- गाउँ सहर संवाददाता
- ९ मङ्सिर शुक्रबार, २०७९ | ०९:५१:०० मा प्रकाशित
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर १ मा जारी मतगणनाको पछिल्लो परिणाम प्राप्त भएको छ।
प्राप्त पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका चन्द्र भण्डारीले अग्रता कायम राखेका छन्। सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार भण्डारीले नेकपा एमालेका उम्मेदवार प्रदीप ज्ञवालीसँग ७०८ मतको अग्रता लिएका छन्।
कांग्रेसका भण्डारी २८ हजार ४७३ मतसहित अगाडि छन्। भण्डारीलाई पछ्याइरहेका एमालेका ज्ञवालीले २७ हजार ७६५ मत ल्याएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका दामोदर भण्डारीले १ हजार ६०२ मत ल्याउँदा राप्रपाका गणेश पाण्डेले ३१० मत ल्याएका छन्।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस