कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता विजयी, प्रदेशसभा पनि उन्मुक्तिकै
- गाउँ सहर संवाददाता
- ८ मङ्सिर बिहीबार, २०७९ | १७:०५:०० मा प्रकाशित
काठमाडाैं । कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार प्यानलसहित विजयी भएका छन् । भारी मतका साथ प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका हुन् ।
प्रतिनिधिसभा सदस्यमा पार्टीकी केन्द्रीय अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठ चौधरीले ३० हजार ४०४ मतसहित विजयी भएकी छिन् । उनका निकटतम् प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका रामजनम चौधरीले १८ हजार ८१ मत पाएका छन् । नेकपा एमालेका तपेन्द्र रावल भने पाँच हजार ९१० मतमै सीमित भए ।
एक लाख ६७ हजार ७०३ मतदाता रहेको निर्वाचन क्षेत्रमा ६४ हजार ९९९ मत खसेको थियो भने तीन हजार २६८ मत बदर भएको छ । यस क्षेत्रको प्रदेश सभातर्फको १ र २ मा पनि नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा १ मा कैलाश चौधरी विजयी भएका हुन् । कैलाश चौधरीले १५ हजार १०१ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका दीर्घराज बिनाडीले १० हजार ३७७ मत प्राप्त गरेका छन् ।
यस्तै, प्रदेश सभातर्फको २ मा लक्ष्मण किशोर चौधरी विजयी भएका छन् । लक्ष्मण चौधरीले ११ हजार ३१७ मत प्राप्त गरेका छन् । उनले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावललाई तीन हजार २६४ मतान्तरले पराजित गरेका हुन् ।
नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत रहेका रावल गठबन्धनका तर्फबाट उम्मेदवार थिए । निकटतम् प्रतिस्पर्धी रावलले आठ हजार ५३ मत प्राप्त गरे । सो पार्टीले यसअघि कैलालीको निर्वाचन क्षेत्र नं. ३ मा पनि प्यानलसहित विजयी हासिल गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
प्रतिकृया दिनुहोस