अर्थतन्त्र
सुनचाँदी बजारमा आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढ्याे
- गाउँ सहर संवाददाता
- ८ मङ्सिर बिहीबार, २०७९ | ११:४२:०० मा प्रकाशित
काठमाडौं । सुनचाँदी बजारमा आज बिहीवार छापावाल सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको हाे ।
आज छापावाला सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ३०० रुपैयाँ कायम भएको छ ।पछिल्लो ३ दिनदेखि सुनको मूल्य ओरालो लागेको थियो। सुनको भाउ बुधबार ४०० रुपैयाँले घटेको थियो। यो दिन छापावाला सुन प्रतितोला ९६ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेर १ हजार ३०५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार २७५ रुपैयाँमा किनबेच भएको थियो।
मंसिर महिनामा विवाह धेरै हुने हुनाले सुनको भाउ पनि उकालो आँकलन भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
प्रतिकृया दिनुहोस