सय मिटर दौडमा सरस्वतीकाे कीर्तिमान, सटपुटमा नेपाल पुलिसकी चन्द्रकलालाई स्वर्ण
- विष्णुहरि पाैडेल
- २९ असोज शनिबार, २०७९ | १७:३६:०० मा प्रकाशित

पोखरा । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तरगत एथलेटिक्सको महिला १०० मिटर दौडमा त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । कीर्तिमान सहित उनले सहित स्वर्ण जितेकी छन् ।
ओलम्पिक खेलमा समेत सहभागी भएकी चौधरीले शनिवार विहान भएको हिट चरणमा लुम्बिनी प्रदेशकी निशा चौधरीले बनाएको कीर्तिमान तोड्दै स्वर्ण जितिन् । सरस्वतीले १२.१३ सेकेण्डमा दौड पूरा गरेर राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । दुई सेकेण्डको अन्तरले उनले कीर्तिमान कायम गरेकी हुन् ।
हिट चरणमा लुम्बिनीकी निशा चौधरीले १२.१५ सकेण्डको कीर्तिमान बनाएकी थिइन् । तर फाइनलमा भने निशाले निर्धारित दुरी पूरा गर्न १२.२२ सेकेण्डको समय लगाइन् आफ्नै कीर्तिमान कायम राख्न नसकेकी निशाले उनले रजत पदक जितिन् । आर्मीकी रमिता थारुले कास्य जितिन् ।
सरस्वतीले आठौं राष्ट्रिय खेलकुदमा १२.१९ सेकेण्डमा निर्धारित दुरी पार गरेर स्वर्ण जितेकी थिइन् ।
महिला सटपुटमा नेपाल पुलिसकी चन्द्रकलालाई स्वर्ण
महिला सटपुट ईभेण्टमा नेपाल पुलिस क्लवकी चन्द्रकला लामगादेले स्वर्ण पदक जितेकी छिन् । सो ईभेण्टमा उनले १२ दशमलव ४० मिटरको दुरी पार गर्दै स्वर्ण जितेकी हुन् ।
त्यसैगरी लुम्बिनी प्रदेशकी संगीता अधिकारीले रजत पदक जितेकी छन् । उनले १० दशमलव ८३ मिटरको दुरी पार गर्दै रजत पदक जितेकी हुन् ।
नेपाल पुलिस क्लवकै बसन्ती चौधरीले ९ दशमलव ८६ मिटरको दुरी पार गर्दै काँस्य पदक जितेकी हुन् ।

विष्णुहरि पाैडेल
पाैडेल गाउँ सहर डटकमका पाेखरा संवाददाता हुन् ।
- तेस्रो चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव २०७९ सुरु
- घरेलु हिंसाको उजुरी सुनुवाई तथा मेलमिलाप सीप विकास सम्बन्धी गोष्ठी सम्पन्न
- एघारौं पोखरा महोत्सव सम्पन्न
- टाइगर कप भलिबल : उद्घाटन खेलमा घरेलु टोली गण्डकी विजयी
- मोशेस र सर्गम कुमाल पुरुष र महिला खुल्ला तौल समुहमा च्याम्पियन
- शान्ति उदय मावि पोखराको ६३ औं वार्षिकोत्सव, गुणस्तरमा जाेड
- दुर्घटनाग्रस्त विमानमा यस्तो रेकड रहने ब्ल्याक बक्स फेला
- विचाैलियाको बिगबिगी भयपछि खुदोको पुर्ख्यौली पेशामा समस्या
- विपी स्मृति पुस्तकालयकाे अध्यक्षमा बास्तोला
- एघारौं पोखरा महोत्सव सुरु : महोत्सवले आर्थिक चलायमानलाई टेवा पुग्ने मुख्यमन्त्रीकाे भनाइ
प्रतिकृया दिनुहोस