डिभि परेपछि अमेरिका जाने सपनाले हत्तकडी लगायाे
- गाउँ सहर संवाददाता
- ७ असोज शुक्रबार, २०७९ | ०६:५०:०० मा प्रकाशित

काठमाडाैं । अमेरिकाको डाइभर्सिटी भिसा (ईडीभी) परेर सजिलै अमेरिका जाने धेरैले सपना बुनेकाे हुन्छ । त्यसैले त हरेक वर्ष खुल्ने ईडीभीकाे बेला फर्म भर्नेहरूकाे लर्काे हुन्छ साइबर तथा फाेटाे स्टुडियाेहरूमा । तर चिठ्ठा पर्दैमा सजिलाे भने छैन । त्यसका लागि पनि विभिन्न मापदण्ड पुगेपछिमात्रै जाने प्रक्रिया शुरू हुन्छ । यस्तै सपना देखेका ७ जना अमेरिका हाेइन प्रहरी कष्टडीमा पुगेका छन् ।
प्रहरीले काठमाडौंबाट नक्कली शैक्षिक प्रमाणपत्रसहित नौ जनालाई पक्राउ गरेको छ । डिभी परेपछि भिसा पक्रियाका लागि कक्षा १२ को नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
भिसा प्रयोजनका लागि नक्कली ‘एकेडेमिक ट्रान्सक्रिप्ट’ बनाएको गोप्य सूचनाको आधारमा अमेरिकी दूतावाससँगको समन्वयमा बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई महाराजगंजस्थित अमेरिकी दूतावास र काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा पाँचथर मितलाजुन गाउँपालिका-६ घर भई झापा दमक नगरपालिका-५ बस्ने २५ वर्षीय समिर राई, कास्की पोखरा महानगरपालिका-१० घर भएका ४० वर्षीय अरूण कार्की, नुवाकोट बेलकोटगढी नगरपालिका-९ घर भई काठमाडौं टोखा नगरपालिका बानियाटार बस्ने २५ वर्षीया राधिका तामाङ रहेका छन् ।
यस्तै स्याङजा चापाकोट गाउँपालिका-२ घर भई काठमाडौं बसुन्धारा बस्ने ३८ वर्षीया सबिता श्रेष्ठ, झापा मेचीनगर नगरपालिका-६ घर भएका ४६ वर्षीय बिदुर प्याकुरेल, काठमाडौं कागेश्वरी नगरपालिका घर भएका २१ वर्षीय सुरज राज खत्री, अछाम मंगलसेन नगरपालिका-१२ घर भएका २७ वर्षीय वीरेन्द्र बहादुर रावल, झापा विर्तामोड नगरपालिका-५ घर भएका ४० वर्षीय दिनेश प्रसाई र दमक नगरपालिका-८ घर भएका ४८ वर्षीय सूर्य बहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
यस्तै, नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न थप दुईजनालाई पनि प्रहरीले पक्राउ गरेको छ । झापा बिर्तामोडका वर्ष ४० का दिनेश प्रसाई र दमकका ४८ वर्षीय सूर्यबहादुर श्रेष्ठलाई इलाका प्रहरी कार्यालय दमक र अनारमनीको समन्वयमा पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरूकाे साथबाट उच्च माध्यामिक शिक्षा बाेर्ड, त्रिभुवन विश्वविद्यालय र एनएबीकाे नाममा जारी भएकाे नक्कली प्रमाणपत्र बरामद गरिएकाे छ ।
डिभी परेर अमेरिका जान शैक्षिक योग्यता प्रमाणपत्र पेश गर्नैपर्ने बाध्यता भएपछि उनीहरूले नक्कली प्रमाणपत्र बनाएर दूतावासमा बुझाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस