डिभि परेपछि अमेरिका जाने सपनाले हत्तकडी लगायाे
- गाउँ सहर संवाददाता
- ७ असोज शुक्रबार, २०७९ | ०६:५०:०० मा प्रकाशित
काठमाडाैं । अमेरिकाको डाइभर्सिटी भिसा (ईडीभी) परेर सजिलै अमेरिका जाने धेरैले सपना बुनेकाे हुन्छ । त्यसैले त हरेक वर्ष खुल्ने ईडीभीकाे बेला फर्म भर्नेहरूकाे लर्काे हुन्छ साइबर तथा फाेटाे स्टुडियाेहरूमा । तर चिठ्ठा पर्दैमा सजिलाे भने छैन । त्यसका लागि पनि विभिन्न मापदण्ड पुगेपछिमात्रै जाने प्रक्रिया शुरू हुन्छ । यस्तै सपना देखेका ७ जना अमेरिका हाेइन प्रहरी कष्टडीमा पुगेका छन् ।
प्रहरीले काठमाडौंबाट नक्कली शैक्षिक प्रमाणपत्रसहित नौ जनालाई पक्राउ गरेको छ । डिभी परेपछि भिसा पक्रियाका लागि कक्षा १२ को नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
भिसा प्रयोजनका लागि नक्कली ‘एकेडेमिक ट्रान्सक्रिप्ट’ बनाएको गोप्य सूचनाको आधारमा अमेरिकी दूतावाससँगको समन्वयमा बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई महाराजगंजस्थित अमेरिकी दूतावास र काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा पाँचथर मितलाजुन गाउँपालिका-६ घर भई झापा दमक नगरपालिका-५ बस्ने २५ वर्षीय समिर राई, कास्की पोखरा महानगरपालिका-१० घर भएका ४० वर्षीय अरूण कार्की, नुवाकोट बेलकोटगढी नगरपालिका-९ घर भई काठमाडौं टोखा नगरपालिका बानियाटार बस्ने २५ वर्षीया राधिका तामाङ रहेका छन् ।
यस्तै स्याङजा चापाकोट गाउँपालिका-२ घर भई काठमाडौं बसुन्धारा बस्ने ३८ वर्षीया सबिता श्रेष्ठ, झापा मेचीनगर नगरपालिका-६ घर भएका ४६ वर्षीय बिदुर प्याकुरेल, काठमाडौं कागेश्वरी नगरपालिका घर भएका २१ वर्षीय सुरज राज खत्री, अछाम मंगलसेन नगरपालिका-१२ घर भएका २७ वर्षीय वीरेन्द्र बहादुर रावल, झापा विर्तामोड नगरपालिका-५ घर भएका ४० वर्षीय दिनेश प्रसाई र दमक नगरपालिका-८ घर भएका ४८ वर्षीय सूर्य बहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
यस्तै, नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न थप दुईजनालाई पनि प्रहरीले पक्राउ गरेको छ । झापा बिर्तामोडका वर्ष ४० का दिनेश प्रसाई र दमकका ४८ वर्षीय सूर्यबहादुर श्रेष्ठलाई इलाका प्रहरी कार्यालय दमक र अनारमनीको समन्वयमा पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरूकाे साथबाट उच्च माध्यामिक शिक्षा बाेर्ड, त्रिभुवन विश्वविद्यालय र एनएबीकाे नाममा जारी भएकाे नक्कली प्रमाणपत्र बरामद गरिएकाे छ ।
डिभी परेर अमेरिका जान शैक्षिक योग्यता प्रमाणपत्र पेश गर्नैपर्ने बाध्यता भएपछि उनीहरूले नक्कली प्रमाणपत्र बनाएर दूतावासमा बुझाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
प्रतिकृया दिनुहोस