गाउँ सहर
वीर अस्पताल क्षेत्र वरपर बनेका अनधिकृत संरचनामा महानगरकाे डाेजर
- गाउँ सहर संवाददाता
- ६ असोज बिहीबार, २०७९ | १५:२८:०० मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल क्षेत्र वरपर बनेका अनधिकृत संरचना हटाएकाे छ ।
अस्पतालको भवनदेखि उत्तर तर्फ रहेका अनधिकृत संरचना डोजर लगाएर हटाएको महानगरले जनाएको छ ।
डोजर चलाउनु अघि सो क्षेत्रमा रहेका टहराहरु हटाउन महानगरले सूचना जारी गरेको थियो । तर अटेर गरेर सो क्षेत्रमा औषधि लगायतका पसलहरु सञ्चालनमा रहेपछि बाध्य भएर डोजर लगाएर हटाउनु परेको महानगरको भनाइ छ ।
औषधि पसल राखिएका टहरा भएको क्षेत्रको नक्सापास हेर्दा ‘गार्डेन’ भेटिएकाले डोजर चलाइएको महानगरले जनाएको छ ।
बुधबार महानगरले टहरा हटाउन २४ घण्टे अल्टिमेटम दिँदै माइकिङ गरेको थियो ।
यसअघि, महानगरले ३५ दिने अल्टिमेटम दिएर बानेश्वर क्षेत्रका अवेध संरचना भत्काउने अभियान सुरु गरेको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बुधबारसम्म वर्षाकाे अनुमान
- ग्लोबल आइएमई बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच कर्जा नोक्सान ग्यारेन्टी सम्बन्धी सम्झौता
- भ्रष्टाचार : सबैभन्दा धेरै स्थानीय तहसँगसम्बन्धित मुद्दा
- कोरोना खोप विकासमा अनुसन्धान गर्ने दुई जनाले पाए चिकित्सा विज्ञानमा नोबेल पुरस्कार
- प्रभु बैंकले संचालनमा ल्यायो स्मार्ट अडियो अलर्ट डिभाइस
- शेयरबजारमा सामान्य अंककाे वृद्धि
- किसानलाई माैसम विभागकाे आग्रह : ‘धान नकाटौँ, काटेको भए भित्र्याइहालौँ’
- वाणिज्य सचिव मरासिनी, नेपाल टेलिकमका प्रबन्ध निर्देशक पौडेलसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- टि२० आईमा नेपालले क्वार्टरफाइनलमा भारतसँग खेल्ने
- पाँचखाल नगरका अधिकांश प्राविमा एक शिक्षक बराबर दुई विद्यार्थी
प्रतिकृया दिनुहोस