सात दिन भित्र प्रगति विवरण बुझाउन नेपाल धितोपत्र बोर्ड र नेप्सेलाई अर्थ समितिको निर्देशन
- गाउँ सहर संवाददाता
- ४ असोज मंगलबार, २०७९ | १५:४३:०० मा प्रकाशित
काठमाडाैं । संसद्को अर्थ समितिले नयाँ स्टक एक्सचेन्ज र नयाँ ब्रोकर कम्पनी थप गर्ने विषयमा नेपाल धितोपत्र बोर्डले अघि बढाएको कार्यको पूर्ण विवरण पेस गर्न निर्देशन दिएको छ ।
समितिले गत भदौ ३१ गते लेखेको पत्रको जबाफ सात दिन भित्र दिन भनेको छ ।
समितिले भदौ ३१ गते अर्थमन्त्रालयलाई पत्रचार गर्दै नेपालमा दोस्रो स्टक एक्सचेञ्ज सञ्चालनका लागि अनुमति दिने र ब्रोकर संख्या थप गर्ने गरी नियमावली संशोधन गरेको विषयमा छलफल गर्न आवश्यक रहेको भन्दै विस्तृत विवरण पेश गर्न भनेको हो ।
नेपालमा नयाँ स्टक एक्सचेञ्ज ल्याउने विषय सर्वाजनिक संस्थान सञ्चालन कसरी गर्ने भन्ने दिर्घकालिन विषयसँग सम्बन्धित रहेको र ब्रोकर लाईसेन्स दिनु अघि मुद्रा बजार र पूँजी बजार सम्बन्धी समितिको प्रतिवेदन २०७७ अनुसार समितिले निर्देशन दिएका विषय कार्यान्वयन भए नभएको वारेमा गम्भिर छलफल गर्नुपर्ने आवश्यकतालाई समितिले औल्याएको छ । समितिले आवश्यक विस्तृत विवरण सात दिनभित्र पेश गर्न अर्थमन्त्रालयलाई पत्रचार गरेको हो ।
दोस्रो स्टक एक्सचेन्जको अनुमति दिने र धितोपत्र दलाल व्यवसायीलाई नयाँ अनुमति दिने गरी नियमावली संशोधन गरेको विषयलाई लिएर नेप्से कर्मचारी संघ र स्टक ब्रोकर एसोसिएसन अफ नेपाालले यस सम्बन्धि कार्य स्थगित गर्न आवश्यक कारवाही अगाडी बढाई पाउँ भनी समितिमा निवेदन दिएको पत्रमा उल्लेख छ ।
नेपालमा नयाँ स्टक एक्सचेन्ज ल्याउने विषय सार्वजनिक संस्थान संचालन कसरी गर्ने भन्ने दिर्घकालीन विषयसँग सम्बन्धित रहेको र धितोपत्र दलाल व्यवसायीलाई अनुमति दिनु अगाडी मुद्रा बजार र पुँजी बजार सम्बन्धि समितिको प्रतिवेदन २०७७ अनुसार आवश्यक तयारी पूरा गर्न समितिले निर्देशन दिएका विषय कार्यान्वयन भए-नभएको सम्बन्धमा समितिमा गम्भिर रुपमा छलफल गर्नु पर्ने देखिएको पत्रमा उल्लेख छ ।
“नयाँ स्टक एक्सचेन्ज ल्याउने विषय सार्वजनिक संस्थान सञ्चालन कसरी गर्ने भन्ने दीर्घकालीन विषयसँग सम्बन्धित रहेको र धितोपत्र दलाल व्यवसायीलाई अनुमति दिनु अगाडि मुद्रा बजार र पूँजी बजार सम्बन्धित समितिको प्रतिवेदन २०७७ अनुसार आवश्यक तयारी पुरा गर्न समितिले निर्देशन दिएका विषय कार्यान्वयन भए नभएको सम्बन्धमा समितिमा गम्भीर रुपमा छलफल गर्नु पर्ने देखिएको र तत्काल समितिको बैठक बस्न सक्ने अवस्था नभएकोले यस सम्बन्धमा विस्तृत विवरण सम्बन्धित निकायसँग माग गरी अभिलेख राख्ने साथै समितिको बैठक बस्न साथ तत्काल छलफल गर्ने व्यवस्था मिलाउने भनी तोक आदेश भएकोले यस सम्बन्धमा भएका काम कारबाही सम्बन्धी विस्तृत विवरण ७ दिन भित्र समितिमा आइपुग्ने उपलब्ध गराइदिन अनुरोध छ” समितिले लेखेको पत्रमा भनिएको छ ।
नेपाल धितोपत्र बोर्ड (सेवोन) ले भने स्टक एक्सचेञ्ज र ब्रोकरको लाईसेन्स खुला गरिसकेको छ । बोर्डले असोज २ गते एक स्टक एक्सचेञ्ज र तोकिएको पूँजी संरचना अनुसार पूँजी कायम गर्ने सबैलाई वितरण गर्ने गरी ब्रोकर लाईसेन्स खुला गरिसकेको छ ।
सरकारले नयाँ स्टक र नयाँ ब्रोकर कम्पनीलाई लाईसेन्स दिने तयारी गरिरहेको समयमा नेप्से कर्मचारी संघ र ब्रोकर एसोसिएसनले विरोध जनाएका थिए । कर्मचारी संघले नयाँ स्टकको विरोध गर्दै भदौ २७ गते विज्ञप्ति जारी गरेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
प्रतिकृया दिनुहोस