कला

सोसियल सटायर र सोसियल ईभिल्सका विरुद्ध ‘जनहित में जारी’

भर्खर केहि महीना पहिले सामाजिक मुद्दाका बारेमा हिन्दी चलचित्र प्रदर्शन भयो नाम थियो 'जनहित में जारी'। नाम अनुसारनै यसले सुचना, मनोरन्जन र सन्देश एकै साथ दिएको छ। यसको श्रेय जान्छ त निर्देशक जय बसन्तु सिंहलाई जसले प्रत्येक कलाकार लाई यसरी अभिनयमा डुबाएका छन की जो कोही पनि एक पटक चलचित्र हेरे पछि थाहा हुन्छ।

हुन त बलीउडमा स्वास्थ्य, शिक्षा, खेलकुद, राष्ट्रभक्ति, वार र फरक धार भनेर भनिने अन्य विषयवस्तु प्रति चलचित्र नबनेका होइनन तर स्वास्थ्य, जनचेतनाका बारेमा फरक मुद्दामा 'टोइलेट, पेडमेंन र मिमी जस्ता स्वास्थ्य र चेतनाका चलचित्र बनेका छन्। यसैलाई पछ्याउँदै कमेडी मार्फत चेतनामूलक सोसियल कमेडी ड्रामा 'जनहित में जारी' राम्रो सन्देशमुलक चलचित्र बनेको छ।

हुन त यो चलचित्र नारी प्रदान जस्तो देखिए पनि यसले दिने सन्देश र ज्ञाननै फरक छ। सामान्य परिवारको मनुकामना (नुसरत भरुचा),देवी (परितोष त्रिपाठी) र रंजन (अनुद सिंह ढाका) मा केंद्रित ट्रैंगगुलर लभ स्टोरी जस्तो देखिने भए पनि फरक कथा, पटकथामा चलचित्रको पुरा दृश्य उही नुसरतमानै टिकेको छ।एक नारी सब में भारी भने जस्तो जसले दर्शकलाई पुरा रुपमा १४६ मि. बाँध्न सफल छ।

एउटा केटी जो आफ्नो खुट्टामा उभिन चाहन्छ,जसले आफू र परिवारका लागी केहि गर्न खोजी रहेको छ तर घरपरिवार भने उसलाई बिहे गरी ससुराल जान अभिप्रेरित गर्छ। समय सँगै नुसरतलाई एउटा राम्रो जागीर मिल्ने गर्छ। अब उसले त्यो खालको जागीर गर्छ या गर्दैन यदि गरे पछि त्यों जागीरले गर्दा के कस्तो परिवार समाज ले हेर्ने दृष्टिकोण कस्तो हुन्छ यही नै मुख्य चलचित्रको मुटु हो भनेर फरक नपर्ला।

निर्देशकीय क्षमता, कथा र २.२ मिनटमा बोलिने 'डायलग पंच' चलचित्रमा दर्शक हासी मात्र रहन्छ। फर्स्ट हाफ सम्म दर्शकलाई कुनै पनि बेला नहाँसेको पत्तै हुँदैन, निम्न वर्गमा हुर्केकी केटीलाई कण्डोम बनाउने कारखानामा सेल्स एग्जीक्यूटिवको जागीर मिल्छ नि त्यही बाटनै चलचित्रले आफ्नो लय समात्न थाल्छ।

कास्टिंङ डाईरेक्टरलाई मान्नै पर्छ सामान्य कलाकारलाई चलचित्रको 'प्लट 'अनुसार अभिनय र कलाकार छान्न कसरी सकेको होला भनेर ! बिजय राज, टीनू आनन्द जस्ता चरित्र अभिनय गर्ने कलाकार यसमा कथा अनुसार अभिनयमा दख्खल देखिन्छन्। कही कतै कुनै पनि कलाकारको 'लाऊड' देख्न पाईंदैन। सुरक्षित यौन सम्बन्ध, यौन रोग, स्वास्थ्य, महिला प्रजनन अधिकार एबम् जनचेतना जगाऊँन नुसरत भरुचाले गरेको अभिनयमा कताकता आम दर्शक पनि कण्डोम जस्तो बिषयमा बोल्दा आफैँ त्यही स्थानमा पाउने गर्दछ।

समाज अझै पनि पुरातन रुढिवादी सोचमा नै अलझेको यस चलचित्रले देखाएको छ। २१ औँ शताब्दीमा आऊँदा पनि पसलमा गएर कण्डोमको पाकेट किन्न लाज मानेका हुन्छौँ तर खुला यौन सम्बन्धका विषयमा जति गंभीर भए पनि बाहिर कुरा गर्न पछि परेका छौँ। नुसरत र अनुदको बिबाहपछि पनि त्यही कम्पनीमा जागीर खाँदा ससुराल, माईती र समाजले कसरी हेर्दैछ भन्ने बुझ्न चलचित्र हेर्न आवश्यक छ।

नुसरत सँगै काम गर्ने परितोषको भूमिकाको क्षमता बिल्कुल अलग छ। हुन त कथा लेखन राज सांडिल्य र सान यादव रहे पनि स्वयं निर्देशकिय क्षमता साथै पटकथामा सोसियल सन्देश दिने जय बसन्तुको कामलाई सह्रानीय नै छ।

कमेडीको माध्यमबाट जनमानसलाई सन्देश दिने जसलाई स्वास्थ्यका दृष्टिले हेर्ने दृष्टीकोणनै फरक सोच्ने हुँदा सामाजिक मुद्दा समेत चलचित्रले दर्शाउन सफल छ। बिबाहपछि परिवारको दबाबमा नुसरतले सोच्ने तरीका र विचमा जागीर छोड़ने उसको बाध्यतालाई उसकै अर्को जागीरे साथीलाई पर्न गएको समस्यालाई आत्मसाथ गरी जागीर लाई अब जागीर मात्र नठानी महिला र पुरुषको स्वास्थ्य सँग जोडिएको छ भन्ने मानसिकता बदलन पुनः सोहि जागीर खादा कस्तो असर पर्छ भन्ने यस चलचित्रमा नुसरतकै वरपर घुम्दछ.|

चलचित्रले कण्डोम बिक्रीको 'फर्मूला'अपनाएको जस्तो देखिए पनि बिक्री, प्रचार मात्र नरही यसले दिने शिक्षानै ठुलो हो। बिहे अघि र बिहे पछि परिवार समाजले यस विषयलाई खुला रुपमा लिन नसकेको भान हुन्छ। स्वास्थ्य जस्तो सम्बेदनशील विषयलाई नायिकानै नायक सरह टक्कर दिएर अभिनय गर्नु नै नुसरत र निर्देशकको खूबी मान्न सकिन्छ। रोग लाग्नु भन्दा रोग लाग्न नदिनु बुध्दिमानी हुने सन्देश चलचित्रले अन्तिममा दिएको छ।

गाऊँघरमा स्वयं पंक्तिकारनै यस विषयमा काम गर्दा थुप्रै कर्मचारी साथीहरु घर घर जाँदा घरवालाले देख्नेबितिकै ढोका बन्द गरेको तितो अनुभव छ। लाज घिन नमानेर यस्तो जागीर खाने साथै कर्मचारीलाई बिबाह गर्न, छिमेकी कुरा काटने र बाहिर हिँडन समेत मुश्किल भएको यस फिल्म हेर्दा आफूलाई त्यही पाएको महसूस हुन्छ।

यो चलचित्रले सोसियल सटायर र सोसियल इभिल्सका बिरुद्ध कण्डोमका बारेमा मात्र छ भनेर मात्र होइन की जनसँख्या वृद्धि, यौन रोग, गर्भ पतन साथै समाजले हेर्ने प्रबृति कस्तो छ र यसको निराकरणका लागि कण्डोमको कति महत्व छ भनेर पनि बुझ्न जान्न यो चलचित्र हेर्न आवश्यक छ। कहीँ बोर भएर हाई गर्ने क्षणनै आउँदैन यहीनै कला हो भन्न सकिन्छ।गीत संगीतको खासै महत्व देखिँदैन त्यसैले ठिकै छ संगीत तर अभिनय कुशलताका कारण हल सम्म गएर हेर्नु पर्ने हुन्छ।

यसमा नाम चलेका ठूला कलाकार भन्दा सामान्य बाँकी कलाकार ब्रजेंद्र काला, ईशान मिश्रा, सुमित गुलाटी, सपना साद, अनु कपुर जस्ता कलाकारलाई चुनेरनै लिएको अभिनय मार्फ़त देखिन्छ। 'वान लाइन' मा 'पंच लाइन्'ले नै यस विषयलाई सरल कमेडी मार्फत सामाजिक सन्देशका साथै आम मानिसका मुद्दालाई सिख समेत दिएको छ।

तपाईँको मत