दृष्‍टिकोण

सार्वजनिक शौचालय : अपरिहार्यता या वाध्यता

काठमाडौँ महानगरका रेस्टुरेन्टहरुमा आमजनताले निःशुल्क प्रयोग गर्न पाउने प्रस्ताव मेयर बालेन्द्र शाहले धारणा राखे सँगै उनले केही चेन रेस्टुरेन्टहरु सँगको सहकार्यमा फ्री शौचालय संचालन हुनुले सबैलाई फाइदा पुगेको देख्न सकिन्छ। हुन त निःशुल्क वा सशुल्क लिएर चर्पि निर्माण गरे पनि राजधानीमा सहज शौचालय कही कतै भएको पाईंदैन। केहि निश्चित एरियामा सीमित रहनुले आम मानिसलाई सहज पहुँच नहुँदा अधिकांश समस्यामा परेका छन्। सार्वजनिक शौचालय नहुँदा बाटोमा हिँडिरहेको मानिस दिसा पिसाबका लागि जाने ठाउँ नै हुँदैन।

चर्पी प्रयोग गर्न रेस्टुरेन्टमा बसेर तातो चिसो पिउनु पर्ने अवस्थाबाट हर कोही नभोगेको कोही नहोला। मेयर बालेन्द्र शाहको यो निर्णय सँगै सबैले तारीफ गरेका छन त अन्य केहि सहरमा समेत त्यसको सिको गर्न थालेका छन्। यसो भनीरहँदा अहिले पर्बत कुस्मा पनि आन्तरिक तथा बाह्य पर्यटकको घुईँचाे लाग्ने गरेको छ। टाढाटाढा बाट आउने आन्तरिक पर्यटक पनि कुस्मा बजार घुम्न आऊँदा सहज शौचालय नहुँदा बाध्यताले कुनै रेस्टुरेन्ट र होटल भित्र पसेर केहि खानु पर्ने अवस्था छ।

विदेशका देशहरुले आफ्ना जनता र घुम्न आउने पर्यटकहरुको सुविधाका लागि ठाउँ ठाउँमा सार्वजनिक शौचालय, पुस्तकालय, रेस्टुरेन्ट समेत निर्माण गरिदिने गर्दछन्। यस्ता शौचालयको व्यवस्थापन गर्ने छुट्टै व्यवस्था गरिएको हुन्छ र त्यहाँ सबै व्यवस्थित भएको पाईन्छ। मानिस सुन्दर हुनका लागि छालाको महत्वपूर्ण भूमिका हुने भए पनि यसले मात्र पूर्ण हुँदैन। अनुहारको बनावट, कपाल, नङ, शरीरको संरचना र उसको बानी व्यहोराको पनि उतिकै महत्व हुन्छ। हाम्रो समाजमा गोरो छालालाई राम्रो मानने गर्छौँ तर गोरो हुनु नै समग्रमा राम्रोपन पक्कै होइन। खासगरी अफ्रिकनहरु काला हुन्छन् र कालो छालामा नै मिलेको अनुहार, मुख, आँखा, नाक, कपाल, दाँत, नङ, शरीरको संरचना आदिको कारण सुन्दर देखिएका हुन्छन्। यसले समग्र बुझाउने भनेको उही बाहिरी आवरण राम्रो देखियता पनि भित्री आवरण पनि त्यतिकै सफा हुनु त्यसको सुन्दरता हो।

वास्तवमा भन्ने हो भने यो सरसफाइसँग पनि जोडिएर आउने विषय हो भन्ने लाग्छ। कुस्मा बजार अहिले पर्यटकको आगमन बढे पनि सशुल्क शौचालय कही भेटिँदैन, सरकारी कार्यालयमा रहेका सेवाग्राहीले प्रयोग गर्ने चर्पी आफैँमा चर्पी जस्तो देखिँदैन फोहोरको डुंगरनै थुप्रिएको भान हुन्छ। बजारको बसपार्कमा रहेका शौचालय जाँदा पाइन्ट माथि उचालेर हिँड्नुपर्ने साथै दिसा लागेको खण्डमा पर्याप्त पानीको व्यवस्था छैन। अत्यन्त दुर्गन्धित र फोहोर रहेका छन्। भुँइमा दिसापिसाब जताततै भएका शौचालय प्रयोग गर्न सर्वसाधारण बाध्य छन्। दुर्गन्धले शौचालय वरपरका क्षेत्रमा पनि हिँडीसक्नु छैन। अरु साबुन, पानी, बिजुली बत्ती, टिश्यू पेपरको त कुरै छाडौँ। सशुल्क भने पनि त्यहाँ कही सुविधा देखिएको कही पाइँदैन यो आम कुस्मा बजार मात्र नहोला। लामो दुरीको यातायातमा जहाँ पनि यही हालत देख्न सकिन्छ। यसलाई हेर्ने कोही केहि निकाय पनि छैन।

कुस्मा पहिले भन्दा धेरै विकसित र धेरै पूर्वाधारका संरचना बढे पनि सामान्य नि:शुल्क/सशुल्क सार्वजनिक शौचालय निर्माण हुन सकेको छैन। न त स्थानीय तहले यसको आवश्यकता ठान्यो न त कोही संघ सस्था नै !कमसेकम कोही व्यक्ति विशेष पनि सशुल्क लिएर बजार क्षेत्रमा एउटा सार्वजनिक शौचालय चाहिन्छ भनेर कोही अघि सरेको पाइँदैन।कुस्मा घुम्न आउने अधिकांशमा महिलाहरु बढी पीडित भएको देखिन्छ। उनीहरुलाई पुरुष जस्तो सहज हुँदैन। लामो दुरी प्रयोग गर्दा पनि पुरुष सहज शौच गर्न सक्छ भने महिलालाई धेरै कुरा ध्यान दिनु पर्ने हुन्छ।

सार्वजनिक शौचालयमा पनि पुरुष भन्दा महिलालाई गारो हुने गर्छ। पानीको बढी प्रयोग हुने गर्छ भने उनीहरुको मानसिकतामा पनि बढी सफासुग्घर मन पराउने खालका हुन्छन् यस कारण पनि शौचालय अत्यन्त सम्बेदनशील र महिला प्रति थप चनाखो हुने गर्छ।

खुला दिसा मुक्त घोषणा गरे पनि त्यो घोषणामा मात्र सीमित छ। केहि फरक पार्न सकेको छैन, घोषणा गर्नका लागि घोषणा गरेको प्रष्ठ छ। कुस्मा नगरपालिकाले चाहेको खण्डमा देशकै नमूना सार्वजनिक शौचालय तथा पुस्तकालय निर्माण गर्ने खालको दूरगामी सोच सोच्न सक्ने हिम्मत अन्य संघ सस्था, व्यक्ति विशेषले गर्न सके एउटा धर्मनै हुने थियो। दिसापिसाब सँगै पुस्तकालय खोल्नुले मानिसलाई पढ्ने बानीको विकास गराउने र सचेत हुन बोध गराउँदछ। सशुल्क लिएर शौचालय निर्माण गरे पनि त्यसको सही व्यवस्थापन गर्न सकियो भने यसले सकारात्मक सन्देश दिने गर्दछ।

अन्त्यमा मेयर बालेन्द्र शाहको प्रस्तावले अन्य सहरी क्षेत्रमा नीतिगत व्यवस्था गरेर सार्वजनिक शौचालय, रेस्टुरेन्ट होस् या बसपार्क क्षेत्र होस् सबै मुख्य स्थानमा शौचालय निर्माण गर्न सकियो भने वातावरण संरक्षण, पूर्ण सरसफाई वातावरण मैत्री दुर्गन्धरहित समाज र सफा सहर निर्माणमा आम मानिसहरुलाई सहज हुने थियो त्यसैले बेलैमा ध्यान दिनु आवश्यक छ।

तपाईँको मत