कला

कोरोनाको सकस

आजकल त

सपनी पनि एउटै

आईरहन्छ, छटपटी, 

हुटहुटी एउटै भइरहन्छ,

खै के हो कुन्नी यो अपरिचित हावा 

बारम्बार स्वास प्रश्वास अघि पछि घुमिरहन्छ, अनी 

यता बुझ्ने र 

बुझाउनेहरु कोरोना 

महामारी भन्दैछन्, दिनहरू गन्दैछन्, 

बल जबरदस्ती कन्दैछन,कतै ओझेल पर्‍यो कि भन्दा भन्दै 

एकै लवजमा उही 

हावाको लयमा बिष बनेर 

अघि पछि आईरहन्छ, आजकल त 

भित्र-भित्र मुटु कुटु कुटु खाइरहन्छ, फेरी पनि सम्झनामै 

साथी भाई इष्टमित्र

घर, वर अनी पर सबैतिर 

प्रतिबन्ध, निषेध र प्रतिकार रे, तिर्खा

लाग्दा पानी दिने मान्छेहरु मान्छे देख्दानै

डराइरहेछन्, 

बोल्दैछन, पर देखि 

कराइरहेछन्, खै हातेमालो गरी 

कतै ढुक्क भए रे, चिन्जानबिनाको 

अपरिचित हावा न पर्‍यो!

फेरी तोड़यो रे ढोका, फोडयो रे 

ताल्चा देखा देख,

ढाल्यो रे  जनसागर, 

माया न छाया काम गरेन केसैले,

सतर्क बन्ने उपाय रच्यो जो अन्तत्ः 

धोका पायो रे यसैले,

खै के हो यो अपरिचित हावा 

यता तिर

बुझ्ने बुझाउनेले 

कोरोना महामारी भन्दै छन्,

सकस कस्तो दकस अमन्न मनभरीको यो दकस,

साटनु कहाँ, काट्नु कहाँ सायद बानी नै पर्यो की 

क्या हो आजकल 

वल्ला, पल्ला, तल्ला, उपल्ला 

सबै एउटै चपेटामा अनि फेरी ऊनि र म पनि

कतै साथी त हुने होइन यही दूषित अपरिचित हावा?

जो मृत्‍यु बोकेर 

दिउसै हजारको भिडमा 

खुल्ले आम नग्न प्रदर्शन

ब्यस्त छ,खै के हो यो दूषित हावा यता 

तिर बुझ्ने बुझाउनेले कोरोना महामारी भन्दै छन्,  

सोचहरु 

बदलिइसके,

सपनाहरु हराइसके,

वाचा कसम खाइ सँगै हिड्ने

सँगै बाच्ने कथनहरु इतिहास हुने हो की,

लु यही अपरिचित हावाले धावा बोली सक्यो रे,

बाहिर हेर्यो  

शून्य गल्लीहरु,

सुनसान बस्तिहरु, सबैलाई 

बाँच्नु छ, खाएका वाचा बंधनहरु

सबैलाई मुटुमा साच्नु छ, युद्ध लडनू भन्दा ठुलो पीडा छ,

तर पनि हाँस्नु छ,

सबै एक साथ बसी मायाको 

माला उन्नू छ, कतै ति घमाइला दिनमा 

कालो बादलले छरपस्ट चट्ट्यानको बगैँचा फुलाउने 

त हैन? ए प्रभु 

नहोस् त्यस्तो एही 

प्राथना गुन्नु छ, खै के

हो यो अपरचित हावा यता 

सबैले कोरोना महामारी भन्दै छन्!

सबैले कोरोना महामारी भन्दै छन्!!

तपाईँको मत