कला

सामाजिक सञ्जाल टिकटकले धौलागिरी चिनाउँदै, कसरी प्रयाेग गरिँदैछ ?

पछिल्लो समय निक्कैनै विश्वव्यापी चर्चामा रहेको सामाजिक सन्जाल हो टिकटक ! कोभिडको महामारी सँगसँगै हरेकको हात हातमा टाइम पासको माध्यम बनेर सबैलाई मनोरन्जन दिइरहेको टिकटक हरेक देशका सेलिब्रेटीदेखि सर्वसाधारणसम्म सबैको मोबाइलमा रमाइलोको सारथी बने पनि विभिन्न कारणहरुले केही देशहरुमा चाँहि बन्देज गरिएको समाचार आए पनि यस्को चर्चा, परिचर्चा र लोकप्रियता भने पटक्कै घटेको छैन बरु उल्टै बढेको बढ्यै नै देख्न र सुन्न पाइन्छ ।

विश्वका धेरै देश जस्तै नेपाल पनि टिकटकबाट अछुतो हुने त कुरै भएन ! सर्वसुलभ पहुँच ईन्टरनेट र हात हातमा मोबाइल भएपछि एक पटक गीत हेरेर छमछमी नाच्न कसलाई मन हुँदैन होला र ? झनै हाम्रो जस्तो लोक संगीतले भरीपूर्ण ठाउँ,पारी पञ्चे बाजा घन्किँदा वारी बसी उठी नाच्ने हामीहरु टिकटकको मज्जा लुट्नलाई किन पछि हट्थ्यौँ होला र ? धेरै यस्ता स्थानलाई टिकटकले प्रचार प्रसारमा टेवा पुर्याएर देशको अर्थतन्त्रलाई मजबूत समेत बनाएको छ ।

बजारमा होड्बाजी नै देखिन्छ कसले कस्तो भिडियो हाल्ने र कति कमेन्ट, कति लाइक आउने भनेर ! केही मान्छेहरु त विभिन्न ब्रान्डका क्यामारा बोकेर दिनहुँ यसकै खेति गरेको पनि बाटो बाटोमा मज्जाले देखिन्छ । टिकटक बाटै चर्चित मोडेल बनिरहेका केही उदाहरणहरु नेपालमा प्रशस्त देख्न सकिनछ यसकाे अलवा अभिनय र राजनीतिक व्यक्तित्वहरु पनि यसैसँग जोडीएर मनोरन्जन लिने र दिने गरेको हामीहरु देखी नै रहेका छौँ ! छिटो र सस्तो समाचारहरुको निम्ति पनि आजकल मान्छेको यही टिकटक तिर नै झुकाब बढाइरहेको छर्लङ छ ।

पूर्व मेची देखि पश्चिम महाकाली सम्म मोबाइल बोक्नेहरु प्रत्यक्ष वा अप्रत्यक्ष टिकटकसँग जोडिएको सन्दर्भमा आज धौलागिरीमा टिकटक प्रयोग कर्ताहरुको बढदो संख्या र यसकाे फाइदा र बेफाइदाका बारेमा थोरै चर्चा गर्ने जमर्को गरिएको छ ।

पछिल्लो पुस्ता मोर्डेन टेक्निकल कुराहरुमा बढी नै रमाउने गरेको पाइन्छ । धौलागिरी क्षेत्र (साबिक मुस्तङ म्याग्दी बाग्लुङ र पर्बत ) मा पनि टिकटकका प्रयोग कर्ताहरु हरेक दिन बढिरहेका छन् । अग्लाअग्ला पुल नजिक पिङ खेल्दा होस्, बन्जी गर्दा होस् या चहकदार होटेल,झरना र रेस्टुरन्टमा खाना जाँदा होस् युवा युवतीहरु सेल्फीमा रमाउँदै एउटा टिकटक पनि बनाइहाल्छन् ! बाग्लुङ र कुश्मामा दशकौ देखि पत्रकारितामा लागेका व्यक्ति देखि सामाजिक अभियन्ता, राजनीतिक व्यक्तित्व अनी साधारण युवा युवतीहरु टिकटकमा मज्जा लिइरहेको कुनै नौलो विषय होइन !

पर्यटनको प्रचुर सम्भावना बोकेको धौलागिरी क्षेत्रको कुश्मा देखि मुस्ताङको जोमसोम सम्म जाँदै गर्दा बनाइएका टिकटक भिडियोहरु सामाजिक सन्जालमा भाईरल बनेको बेला बेलामा देख्न पाइन्छ । कोभिडको यो महामारीले व्यापार व्यवसाय ठप्प प्रायः हुँदै गएको यस्तो कठिन अवस्थामा पनि कुश्मा र बाग्लुङका अग्ला अग्ला पुल, धौलागिरी हिमाल चँदी झैँ टलकेको र रमणिय दृश्यहरु सहितको टिकटक भिडियोहरुले कुश्मा बाग्लुङ जहाँको त्यही उस्तै छ र आन्तरिक र बाह्य पर्यटन तान्न फाइदा साथै त्यहाँको दृश्यले विदेशी नेपालीलाई सम्झना ताजा बनाइदिएको पाइन्छ ।

यो लकडाउनको कठिन अवस्थामा मौनतालाई तोड्दै विभिन्न बहानामा ग्यादी कुश्मा र कुश्मा बलेवा पुल नजिक चौरमा केही युवा युवतीहरुको झुन्ड रमाइरहेको दृश्य सँगसँगै केही अनुमति मागेर उनीहरुलाई प्रश्न गरेका थियौ । टिकटक नै किन ? सबैको उत्तर उस्तै उस्तै थियो रमाइलोको लागि । उनीहरुको उत्तर उनीहरुकै शब्दमा अहिले टिकटकमा धौलागिरी क्षेत्रमा युवा युवति माझ चर्चित नाम थियो कृति ! कुश्मा कि स्थाई बासिन्दा कृति सुबेदी करिब साँढे ४ वर्ष देखि टिकटकमा अग्रसर भएको र अहिले करिब ५५ हजार फलाेअर्स त्यस्तै १० लाख बेसी लाइकहरु सहितको टिकटकमा आफूलाई मिठामिठा गीत र रमाइला भिडियोहरु राखेर मनोरन्जन गर्ने र गराउने गर्दी रहिछन् ।  प्रत्यक्ष भेट्न नसके पनि हामीले उनकै नजिकका साथी भाईहरु मार्फत फोन संपर्क मार्फत वर्तमान समयमा टिकटकको प्रयोग र यसले सामाजिक रुपमा पारेको असर अनि फाइदाका बारेमा सोध्ने प्रयास गरेका थियौँ ।

उनकै शब्दमा सामाजिक सन्जाल प्रयोग गर्न नजानेमा काल र जानेमा बबाल हो भन्दै ठट्यौली उत्तर दिँदै उनले थपिन 'दु:ख सुख सबै कुराहरु बाँड्न र सचेतना फैलाउन पनि यस्ता छोटा र मिठा भिडियोहरु मार्गदर्शक बन्न सक्छन, प्रयोग गर्दा अरुको मान मर्यादामा हानी नहुने गरी आफ्नो मनोरन्जानको लागि प्रयोग गरियो भने पनि टिकटकबाट दिनमा कम्तिमा पनि एउटा नयाँ कुरा सिक्न सकिन्छ' । उनकै शब्दमा उनी विवाहित हुन तर पनि माइती घर देख नवप्रवेशी घरसम्म सबै उनकाे टिकटकका फ्यान नै हुन पचासौँ हजार साथीहरु फलाेअर हुँदा नि आफूमाथि कोहि कसैबाट अमर्यादित र अभद्र व्यवहार नभएको बरु सबैले आफूलाई सानी भनेर माया र सपोर्ट गरेको नाम चलेकै मान्छेबाट तीजको गीतमा मोडल हुन फर आए पनि आफू म्युजिक भिडियो खेल्न अझै पूर्ण नभएको जस्तो महसुस भएकाले यति मै सीमित रहे उनी थप्छिन 'टिकटकका नाममा बसका छत, पुल, खोला अनि बिजी बाटोमा हातमा मोबाईल तेर्साएर घट्ने दुर्घट्नाबाट भने हामी सबै सचेत हुनु पर्छ ।'

अगाडि बढ्ने क्रममा रहेका साना केटा केटीहरु लाई पनि यसले यतिकै ग्रसित पारेको छ नि भन्ने प्रश्नमा कृति थप्छिन - मोबाइल बच्चाबच्ची भुलाउने साधन बनाउनु हुँदैन अझै टिकटक बनाउन लागाउने या त्यसमा लत लगाउँदा बाबु नानीहरु समयमा नखाने नसुत्ने विभिन्न अपाच्य अभिनय गर्ने लगायतका क्रियाकलापमा अग्रसर हुन थाल्छ्न् जसले पछि उनीहरुको भविश्य नै अन्धकार हुन सक्छ । टिकटक नेपालमा नि ब्याण्ड हुने भन्ने हल्ला सुनिँदै छ अनि टिकटक बिना त अब बाँच्न नि सक्नु हुन्न होला है भनेर सोध्दा उत्तरमा कृति भन्छिन् 'मान्छेको साधना, कला, गला र क्षमता कहिलै लुक्दैनन्, लुकाउन पनि सकिँदैन । टिकटक बिना नि जिन्दगी थियो सबै बाँचेकै थियौँ अब पनि त्यही नै निरन्तरता हुने हो । सानै देखि मलाई नृत्यमा विशेष रुची थियो अनि नृत्य कक्षा लिएँ पनि तर स्कुल सकिएपछि निरन्तरता दिन पाइन त्यसैको प्यास टिकटकबाट मेटाइरहेकी छु । यसले मलाई विशेष साथी भाईहरु सँग जोड्न र नयाँ कुरा देख्न सिक्न धेरै सहयोग गरेको भने छ तर टिकटक बिना अरु केही हुनै नसक्ने भन्ने पक्कै होइन ।'

समाजिक सन्जाल प्रति सबैका आफ्न आफ्न धारणाहरु हुन्छ्न्। त्यस्तै कुश्मामा अवस्थित प्रचलित बैंकका म्यानेजर सी शर्मा (नाम परिवर्तन) भन्छन् - आधुनिकता सँगसँगै नयाँ टेक्नोलोजी र त्यसकाे प्रयोग अनि सामाजिक सन्जालको प्ररुपको बारेमा गहन रुप मै बुज्नु जरुरी छ ताकि यिनकाे प्रयोगबाट असर हैन फाईदा होस् । उनी सामाजिक सन्जालमा रमाउन समय पाउँदैनन तर उनी घरका सबै सदस्यहरुलाई सकरात्मक प्रयोगको लागि अग्रसर गराउँदछन् । अझै टिकटक कै कुर गर्ने हो भने श्रीमतीसँग समय मिलेसम्म सँगै बसेर हेर्ने भिडियो बनाउन प्रोत्साहन गर्ने गरेको बताउँछन् । 

त्यस्तै विदेशको लामो बसाइ बिट मार्दै पाङ बाग्लुङ पुल नजिक चर्चित रेस्टुरेन्ट सन्चालन गर्दै आएका एक माइलो भाई अधिकारी (नाम परिवर्तन) हाँसीहाँसी भन्छन् - आज मरे भोली दुइ दिन, रम्ने रमाउने हो जिन्दगी ! परिवर्तन सँगसँगै आएका र पाएका सेवा सुविधाहरु लाई पोजेटिभ रुपमा प्रयोग गर्दै खुशीले समाजिक सन्जालमा आफ्नै पत्नीसङ्ग विभिन्न भिडियोहरु सँग देखिँदै आएका अधिकारी सबै कुराको राम्रो र नराम्रो पक्ष हुने जिकिर गर्छन् । खाडी क्षेत्रमा आधुनिक सेवा सुविधासँग मानव अधिकारको समेत बर्खिलाप जनताहरु बाँच्न वाध्य छन् । नेपाली हामीहरु भाग्यमानी हाैँ त्यसैले यस्ता मौका र सुविधालाई सकारात्मक रुपमा प्रयोग गर्नु पर्छ जसले खुसी दिन्छ ।

अस्ट्रेलियालाई कर्मथलो बनाएर एक दशक देखि बस्दै आएका कुश्मेली युवा सन्तोष पाठक पनि टिकटकलाई लिएर उनले फरक मत राखेका छन । मनोरन्जन दिनुका साथै यसमा देखिने भिडियोले उक्त स्थानको प्रचार प्रसार गर्नाले आर्थिक लाभ लिन मद्दत पुर्याउने गरेको बताउँछन्  ।त कतिपय रुपमा आफ्नै परिवार समेत भाँड्ने गर्दछ तसर्थ यसको सही सदुपयोग गर्नु आवश्यक रहेको बताए । पाठक भन्छन्- 'टिकटक, फेसबुक, पब्जी जस्ता सामाजिक सञ्जाल एउटा नराम्रो लत भएको हुँदा अहिलेका बालबालिका नराम्रोसँग यसमा सहज घुलमिल हुनुले उनीहरुको भविश्य थप चुनौती रहने तर्क गर्छन् । 'राज्य यसलाई थप चासो र सजक अपनाई यसको सञ्चालन गर्नु पर्दछ ।' 

दुबइमा आधा दशक देखि बस्दै आएका कुश्मा कै कर्मठ युवा यस श्रेष्ठ (नाम परिवर्तन) यही सन्दर्भमा जोडिँदै भन्छन् - सामाजिक सन्जाल बिनाको आधुनिकताको अब कल्पना गर्न सकिँदैन । हुन त उनी आफू टिकटकसँग आवद्ध छैनन तर फेसबुक र अन्य सामाजिक सन्जालमा उन्को राम्रो पहुँच छ । जहाँबाट टिकटकका केही भाईरल भिडियोहरु नियाल्छन र धारणा राख्छन् । बुझ्नेलाई श्रीखण्ड, नबुज्नेलाई खुर्पाको बिँड । सामाजिक सन्जालमा पनि टिकटक आजकल अति नै छरपस्ट छ जसकाे कमसल प्रयोगले मान्छेहरुको ज्यान समेत जाने र दिनहुँ प्रचार बाजी झैँ झगडाको वीउ नै हुँदा यस्ता कुराहरुबाट सबै सचेत हुनु पर्ने सुझाउँछन् ।

आफू टिकटक नचलाए पनि चलाऊनेहरु सम्यमित र मर्यादित भनेर प्रयोग गर्नुपर्ने उनकाे धारणा छ । आफ्नो अफिस भित्रै भिडियो बनाउने, कर्मचारीले काम गर्दाको भिडियो, पैसा, गहना, गोप्य कागजपत्र जस्ता सामग्री भिडियो मार्फत सार्वजनिक गर्ने, चित्त नबुझेका व्यक्तिको अश्लील भिडियो अपलोड गरिदिने धम्की दिने, अपरिचित व्यक्तिको भिडियो अपलोड गर्ने, जस्ता प्रवृत्ति दिनदिनै बढेको छ । टिकटकबाटै गोपनीयता भंगमात्र होइन, ठगी समेत हुने भएको हुँदा यसलाई बेलैमा सतर्क रहेर सामाजिक सञ्जालको प्रयोग गर्न आग्रह गर्छन् ।

तपाईँको मत